इनर व्हिल क्लव अफ पोखरा मिड टाउनले बनाइदियो जेब्रा क्रसिङ

Share:

पोखरा, १४ चैत-
इनर व्हिल क्लब अफ पोखरा मिड टाउनले पोखराको बुद्ध चोक क्षेत्रमा जेब्रा क्रसिङ निर्माण तथा पुनर्निर्माण गरेको छ ।
क्लबकी अध्यक्ष भक्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रहरी सहायक निरीक्षक जौमाया रानाले संस्थाले नागरिकका लागि महत्त्वपूर्ण काम गरेकोमा खुसी व्यक्त गरे ।
उनले प्रशासनले गर्नुपर्ने काममा संस्थाले अग्रसरता देखाउनु प्रशंसनी कार्य भएको बताए ।
संस्थाले नागरिक सचेतनाका लागि यस्ता कार्यहरु गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए । क्लवले बुद्धचोक क्षेत्रमा एउटा नयाँ निर्माण र अन्य ३ ओटा पुनर्निर्माण गरिएको गुरुङले जनाए ।
कार्यक्रममा पोखरा मिड टाउनका अध्यक्ष पुरन कुँवरले इनरव्हिल क्लबले गरेको कार्यको प्रशंसा गरे ।

कमेन्ट गर्नुहोस्
Share: