हेम्जामा आलु महोत्सव आजपनि जारी, ३० लाख भन्दा बढीको आलुको कारोबार

Share:

नवराज ढुङ्गाना
पोखरा, २५ चैत-
सातौ हेमजा आलु महोत्सव आजपनि जारी छ । महोत्सवमा आलुको कारोबारसहित आज दिनभर पनि विभिन्न साँस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना हुँदैछन् ।
बिहीबार महोत्सवका कोमल ओली, प्रजापती पराजुली, चोलेन्द्र पौडेल, राजन कार्की, पूर्ण परियार, केशव देवकोटा, सिता केसी, ज्योति लोहोनी, दिलु लामा र हास्य तर्फ पोखरेली माग्ने वुढा र धुर्मुसको प्रस्तुती रहने साँस्कृतिक उपसमिति संयोजक विजय केसीले जानकारी दिए ।
महोत्सवमा आजदेखि महिलाहरुको कृषि गित प्रतियोगिता समेत सुरु हुने आयोजकले जनाएको छ ।
यसअघि हिजो किसानहरुसँग अन्तरक्रिया गरिएको थियो । महोत्सव मूल आयोजक समितिको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय कास्कीको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा किसानहरुले गुणस्तर विउ नपाउदा आल उत्पादन घटेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
महोत्वसवको दोस्रो दिनसम्म भित्र वाहिर गरि ३० लाख आलुको कारोबार तथा २५ हजार दर्शकले मेला अवलोकन गरेको प्रचार प्रसार उपसमति संयोजक परशुराम अधिकारीले जानकारी दिए ।
सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ३० गते सम्म हेमजाको विष्णुपादुका खेलमैदानमा चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: