फेवाताल किनारमा सुरु भयो ‘फेवा नववर्ष महोत्सव’

Share:

पोखरा २८ चैत्र-
नेपाली नयाँ वर्षको अवसरमा पोखरामा नयाँ वर्ष महोत्सव सुरु भएको छ । पश्चिमाञ्चल होटल संघद्धारा आयोजित १३ औं फेवा नयाँ वर्ष महोत्सब आईतवारदेखि सुरु भएको हो । महोत्सवको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोइरालाले उद्घाटन गरे । महोत्सव उद्घाटन पूर्व विभिन्न जातजातीको झाकी सहित र्याली निकालिएको थियो । पोखराको मूख्य पर्यटकिय क्षेत्र लेकसाईड स्थित फेवा किनार वसुन्धरा पार्कमा आयोजित महोत्सब बैंशाख २ गतेसम्म चल्नेछ ।

पाँच दिने महोत्सवमा झण्डै एक लाख दर्शक भित्रने अपेक्षा गरिएको छ । महोत्सव अवधिभर पोखरामा आन्तरिक र वाह्य गरी झण्डै २५ हजार पर्यटक भित्रने संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिएका छन् । नेपाली नयाँ वर्षको अवसरमा विगत १३ वर्ष देखि पश्चिमाञ्चल होटलसंघले महोत्सव गर्दै आएको छ । पाँच दिन सम्म कलाकारहरुबाट दैनिक सांगितिक प्रस्तुती सहित विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सव स्थलमा पोखरामा रहेका पाँच तारे देखि अन्य गरी १२ वटा होटलका खानाको परिकार सहितका स्टल र ४० वटा व्यापारिक स्टल रहेका छन् । महोत्सव अवधिभर लेकसाईडका होटलले नियमित मुल्यमा २० प्रतिशत छुट दिने संघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: