विश्व रक्तदाता दिवसमा लोकदोहोरी कलाकारको रक्तदान

Share:

पोखरा, ३१ जेठ। पोखरामा रगतको अभाव भैरहेका बेला विश्व रक्तदाता दिवसको अवसरमा पोखरामा शनिवार रक्तदान कार्यक्रम गरिएको छ। रक्तदान जीवनदान, जीवनदान महादान भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकीले रक्तदान कार्यक्रम गरेको हो।

कार्यक्रममा ५३ जनाले रक्तदान गरेको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए। नेपाल रेडक्रस सोसाईटी कास्की र क्षेत्रीय रक्तसंचार केन्द्र पोखराको विशेष सहयोग एवं राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कास्की र पोखरा लोक सङ्गित समुहको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्कीको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्य, आकस्मिक रक्तदान युनिट र नारी सेवा केन्द्रकी अध्यक्ष सिता बराललाई सम्मान गरिएको थियो।

यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रतिष्ठानका अध्यक्ष जीवन दाहाललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राउतले रक्तदानगर्दा पुण्य हुने बताए।

नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति बामदेव ढुङ्गानाले मानवीय सेवाका लागि रक्तदान कार्यक्रम गर्न सङ्घ÷संस्थालाई आग्रह गरे।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका संरक्षक प्रजापति पराजुली, निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, केन्द्रीय सदस्य चोलेन्द्र पौडेल, नेपाल रेडक्रस सोसाईटी कास्कीका कोषाध्यक्ष धर्मराज अधिकारी, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तीर्थराज अवस्थी, आकष्मिक रक्तदान युनिटका संयोजक हरिश्चन्द्र शर्मा , प्रतिष्ठानका सल्लाहाकार यम गुरुङ र संचारकर्मी विमला भण्डारी लगायतले बोलेका थिए।

कार्यक्रममा कलाकारहरुले विभिन्न प्रस्तुती राखेर मनोरञ्जन समेत प्रदान गरेका थिए। त्यसअवसरमा कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, जीवन दाहाल, सुरेन्द्र गुरुङ , घनश्याम रिजाल, कृष्ण गुरुङ, रामजी पौडेल, केशव देवकोटा, प्रदिप त्रिपाठी, मेघनाथ रिमाल, शंकर विरही गुरुङ, शिवहरि ढुङ्गाना, रतिमाया खड्काले लोक तथा दोहोरी गित प्रस्तुत गरेका थिए। त्यसैगरी हास्यव्यङग्य कलाकार पोखरेली माग्ने बुढा युवराज भण्डारी र पोख्रेली धुर्मुस राजेन्द्र नेपालीले पनि आफ्ना प्रस्तुती राखेका थिए।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले स्वागत र महासचिव घनश्याम रिजालले कार्यक्रम संचालन गरेका थिए।
बाल न्यायिक हिरासत कक्षको शिलान्यास
पोखरा, ३१ जेठ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र सुविधा सम्पन्न बाल न्यायिक हिरासत कक्ष निर्माण गरिने भएको छ।थ्री एन्जल्स नेपाल नामक संस्थाको आर्थिक लगानीमा सो कक्ष निर्माण गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक बसन्तकुमार लामाले बताए।

थ्री एन्जल्स नेपालका संस्थापक अध्यक्ष राजेन्द्र गौतमका अनुसार, जिल्ला बाल कल्याण समिति कास्कीले पोखरामा बाल न्यायिक हिरासत कक्षको आवश्यकता महसुस गरेकाले समितिको आग्रहमा संस्थाले लगानी गरेको हो। उनका अनुसार थ्री एन्जल्सले विगत १० वर्षदेखि बालबालिकाको क्षेत्रमा समेत काम गर्दै आइरहेको छ।

हिरासत कक्ष दुई कोठाको हुने छ। तीन महिनाको अवधीमा झण्डै १२ लाखको लागतमा हिरासत कक्ष निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। प्रहरीसँग त्यस्तो कक्ष नहुदा विभिन्न अभियोगमा पक्राउ परेका बालबालिकाको अनुसन्धानमा समस्या हुदै आएको थियो।

सो कक्ष विभिन्न अभियोगमा अदालती मुद्वा चलाइएका बालबालिकालाई राखि अनुसन्धान गर्नका लागि प्रयोग गरिने छ। प्रहरीका अनुसार, पोखरामा चोरीका घटनामा बढि सडक बालबालिका पक्राउ हुने गरेका छन्।

शनिवार आयोजित कार्यक्रमवीच कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले हिरासत कक्षको शिलान्यास गरेका थिए।

News & Photo: Nabin Sigdel

कमेन्ट गर्नुहोस्
Share: