
रञ्जन अधिकारी, पोखरा ३१ जेठ आईतबार जुन १५ अर्थात् ज्येष्ठ नागरिकहरुप्रति गरिने दुव्र्यवहार विरुद्धको विश्व सचेतना दिवस । यस दिवसको सन्दर्भमा शनिबार ज्येष्ठ नागरिक सरोकार समाज, नेपालले जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहयोगमा पोखरामा अन्तरक्रिया तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा वक्ताहरुले ज्येष्ठ नागरिकलाई घरपरिवारबाटै दुव्र्यवहार हुने हुँदा यस्ता कार्यहरुलाई अपराध नमानिएकाले राज्यले ऐन कानुन ल्याउनुपर्नेमा कार्यक्रममा जोड दिईएको छ । बाबुआमालाई बुढ्यौलीले छोएपछि छोराबुहारीले अनावश्यक बन्धन र बोझका रुपमा हेर्ने भएकाले बृद्धबृद्धाको सरंक्षणको प्रत्याभूति राज्यको भएको वक्ताहरुको भनाई छ । उनीहरुले ज्येष्ठ नागरिकप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको खाँचो औंल्याए ।
प्रमुख अतिथि पुनरावेदन अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्यले ‘ज्येष्ठ नागरिकलाई यातायात, स्वास्थ्य र सार्वजनिक सेवामा प्राथमिकता दिऔं ।’, ‘ज्येष्ठ नागरिकलाई दुव्र्यवहार होईन, माया र सम्मान गरौं ।’, ‘ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहार, हामी सबैको सरोकार’ लेखिएको स्टिकर टाँस गरी कार्यक्रमको उद्घाटन गरेका थिए । आचार्यले विगत १७ महिनादेखि काठमाण्डौंमा ज्येष्ठ नागरिकले जारी राखेको आन्दोलनले राज्यको ध्यानाकर्षण गराएको भन्दै ज्येष्ठ नागरिकले पनि अधिकारसँगै आÇनो कर्तव्य भुल्न नहुनेमा जोड दिए ।
‘नेपालमा ६० वर्ष कटेकालाई बृद्ध भएको मानिनेछ । सन् २००१ मा कूल जनसंख्याको ६.५ प्रतिशत बृद्ध भएकोमा २०१० मा १० प्रतिशत पुग्यो ।’ उनले भने ‘औषत आयूमा सुधार हुँदै गएको छ । त्यसै अनुसार राज्यको नीति आवश्यक छ । हामी बढि महत्वाकांक्षी पनि नहोऊँ ।’ उनले ज्येष्ठ नागरिक ईतिहासका पूँजी भएकाले सम्पति भएको बताउँदै १७ महिनादेखिको आन्दोलनकै क्रममा ६ जनाको मृत्यु हुनु दुःखद भएको बताए ।
‘ज्येष्ठ नागरिक माथि गरिने दुव्र्यवहार र यसको नियन्त्रणमा परिवार, समाज र राज्यको दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकारकर्मी खगराज आचार्यले ज्येष्ठ नागरिक दयाका पात्र होईनन्, प्रेरणा र आदर्शको स्रोत रहेको बताए । ‘आमा बुबा मसँग बस्नुहुन्छ । उहाँहरुलाई मैले पालेको छु ।’ भन्ने मान्यतालाई त्यागेर ‘म मेरा बुबाआमासँग बस्छु, यसैले त मैले उहाँहरुको माया र अभिभावकत्व पाएको छु’ भन्ने भावना हरेक छोराबुहारीले राख्नुपर्नेमा उनले जोड दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रमेशप्रसाद अधिकारीले सरकारले जनस्वास्थ्य कार्यालय मार्फत गर्भावस्थादेखि नै महिलाको स्वास्थ्यका लागि निःशुल्क औषधि वितरण गरिएको जनाउँदै एक वर्षसम्मका बालबालिकालाई १० रोगबाट बचाउन विभिन्न खोप कार्यक्रम, परिवार नियोजन लगायतका सेवा प्रवाह गरिरहेको बताए । यी सबै प्रयासहरु वृद्धावस्थामा स्वस्थ रहनका लागि भएको उनको भनाई छ ।
महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख पूर्ण श्रेष्ठले मन्त्रालयबाट पोखरा वृद्धाश्रमका लागि वर्षेनी बजेट छुट्याउने गरेको जानकारी दिईन् । उनले ज्येष्ठ नागरिकका लागि बृद्धाश्रम खोल्नुभन्दा यस्ता कार्यलाई निरुत्साहित गर्दै डे केयर सेन्टर स्थापनामा जोड दिँदै सरकारले वृद्धाश्रम संचालनका लागि आवश्यक मापदण्ड बनाउने कार्य गरिरहेको जनाईन् । ‘विद्यालय तहका विद्यार्थी देखि नै संस्कार शिक्षाको आवश्यक छ ।’ उनले भनिन् ‘त्यसैले महिला तथा बालबालिका कार्यालयले अहिले अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम संचालन पनि गरिरहेको छ ।’
पोखरा उपमहानगरपालिका कार्यालयका प्रशासन विभाग प्रमुख अनन्तप्रसाद कोईराला कार्यालयले नगरका ज्येष्ठ नागरिकको संख्या, अवस्थाको तथ्यांक संकलन गर्दै तोकिएका बैंकमार्फत बृद्धभत्ता उपलब्ध गराएको जानकारी गराए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले दुःख गरेर सम्पति आर्जन गर्नेहरु बृद्धावस्थामा त्यसै सम्पतिका कारण दुःखमा परेको तीतो यथार्थ हामीसामु रहेको बताए ।
ज्येष्ठ नागरिक सेवा समाज कास्कीका अध्यक्ष शिवजी कोईरालाले एउटै क्षेत्रमा काम गर्ने संघसंस्था धेरै हुनु राम्रो नभएपनि साझा कार्यक्रम गरेर अघि बढ्न आफू तयार रहेको बताए ।
राजयोग प्रशिक्षण केन्द्र, ब्रम्हाकुमारी विश्वविद्यालय पोखरा १० की ब्रम्हाकुमारी गोमाले संस्कार र संस्कृतिबारे सन्ततिलाई ज्ञान दिन सके वृद्धावस्थामा आÇनै छोराछोरीबाट अपहेलित हुने अवस्था नआउने बताईन् ।
सो अवसरमा समाजमा आबद्ध ८४ वर्षीया नानीमैया बस्ताकोटी र ७७ वर्षीय खेमनाथ शर्मा पौडेललाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथै, समाजलाई योगदान गरेको भन्दै रामबहादुर थापालाई मरणोपरान्त सम्मान गरियो । थापाका छोरा शान्तबहादुर थापाले सम्मानपत्र ग्रहण गर्दै आÇना बुबाका नाममा ५० हजार अक्षयकोषको स्थापना गर्ने घोषणा समेत गरे ।
समाजका अध्यक्ष हरिप्रसाद किरण ओझाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामनाथ ओझाले स्वागत तथा सचिव विष्णुप्रसाद भण्डारीले संचालन गरेका थिए ।
