एमाले केन्द्रीय समिति बैठक सकियो, मधेसी दललाई वार्तामा आउन आह्वान

Share:

काठमाडौँ, ३ वैशाख-
आन्दोलनरत मधेसी दललाई अविलम्ब वार्तामा आउन र संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक शक्ति एक हुन आह्वान गर्दै गत छदिनदेखि जारी नेकपा (एमाले) को केन्द्रीय समितिको छैटौँ बैठक आज सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि आएका सुझाव समेटेर सर्वसम्मतिले सो प्रस्ताव पारित गरेको छ ।

बैठकले समसामयिक १९ वटा प्रस्ताव पनि पारित गरेको छ । पार्टीले संविधान बमोजिम प्रादेशिक संरचनामा जाने सैद्धान्तिक निर्णय गरेको प्रचार विभागका प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: