सितापुरी क्लव द्धारा रक्तदान, ३८ युनिट रगत संकलन

Share:

पोखरा, बैशाख ११,
लोकतन्त्र दिबसको अबसर पारेर पोखरा १७ महतगौडामा रहेको सितापुरी युवा क्लवले रत्तदान कार्यक्रमको आयोजना गरेको छ । महतगौडा चोकमा आयोजना गरिएको खुल्ला रक्तदान कार्याक्रमा ३८ युनिट रगत संकलन भएको छ ।
रक्तसञ्चार केन्द्र पोखराको प्राबिधिक र पोखरा हिमालयन मिट प्रालिको अन्य सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भ्रखरै नेपाल सरकारको सह–सचिवमा पदोन्नती भएका पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पहिलो रक्तदाता रन्त बहादु आलेलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रममा कार्यकारी अधिकृत अधिकारीले आफुले यस क्षेत्रका मानिसहरु बाट पाएको सहयोग पाएको आभार ब्यक्त गरे । आफु जुन ठाऊमा भएपनि पोखराको बिकास पहिलो प्राथमिता भएको उनको भनाई थियो । आफु जानु भन्दा पहिला प्लाष्टीक मुक्त पोखरा घोषणा गरेर छोड्ने अधिकारीले बताए । नगरपालिका भित्र पनि कतिपय स्थानहरु ओझेलमा परेकाले एकिकृत बिकासको अबधारणा अनुसार अगाडी बढ्नु पर्नेमा उनको जोड थियो । अधिकारी अब केही दिनमा नेपाल सरकारको मन्त्री परिषद बैठकपछि तोकीएको स्थानमा पदोन्नती सहित सरुवा हुदैछन ।

कमेन्ट गर्नुहोस्
Share: