विश्वकपमा कोलम्बिया र आईभरीकोष्ट, उरुग्वे र ईंगल्याण्ड तथा जापान र ग्रिस खेल्दै

Share:

बिग न्युज, पोखरा ५ असार / ब्राजिलमा जारी विश्वकप फुटबलमा आज पनि राति, मध्यरात र बिहान गरी तीन खेल हुँदैछन् । राति पौने दश बजेदेखि हुने खेलमा कोलम्बिया र आईभरीकोष्ट प्रतिष्पर्धामा उत्रनेछन् । कोलम्बियाले पहिलो खेलमा ग्रीसलाई ३–० गोलले हराएको थियो भने आईभरीकोष्टले जापानलाई २–१ गोलले हराएको थियो । दुवै टीम जीत हात पार्दै अर्को चरण प्रवेश पक्का गर्न चाहन्छ ।

राति पौने एक बजे उरुग्वे र इंग्ल्याण्ड खेल्नेछन् । उरुग्वे कोष्टारिकासँग ३–१ गोलले हारेको थियो भने ईंग्ल्याण्ड इटालीसँग २–१ गोलले पराजित भएको थियो । दुवै टोली पहिलो जीतको खोजीमा हुनेछ । पराजित टोली समूहचरणबाटै घर फर्कनुपर्नेछ । बिहान पौने चार बजे एशियाली मुलुक जापान र ग्रिस भिड्नेछन् । अघिल्लो खेलमा दुवै पराजित टीम हुन् ।

स्पेन विश्वकपको समूह चरणबाटै बाहिरियो:

विश्व फुटबलमा स्पेनको प्रत्भुत्व एक प्रकारले समाप्त भएको छ । स्पेन ब्राजिलमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा नेदरल्याण्डसँग ५(१ गोल अन्तरले पराजित भएको स्पेनले बिहीबार विहान भएको खेलमा चिलीसँग २(० को हार व्यहोरेको छ ।

स्पेनलले सन् २००८ को युरो कप, २०१० को विश्वकप र २०१२ को युरो कपको उपाधि जितेको थियो र विश्वकप सुरु हुँदासम्म उसलाई नै उपाधिको मुख्य दावेदारका रुपमा हेरिएको थियो । तर, ब्राजिलको स्पेनको यात्रा अपेक्षा गरे अनुहार भएन । पहिलो खेलमा नेदरल्याण्डसँग ५–१ को हार बेहोरेर दबाबमा परेको स्पेनले चिलीसंग पहिलो हाफमै खाएका दुई गोल फर्काउन सकेन र समूह चरणको एक खेल बाँकी छँदै घरफिर्ति पक्का गर्‍यो । अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्ने स्पेनलाई बिहीबार विहानको खेल जित्ने पर्ने दबाव थियो । तर, पहिलो खेल जितेको चिलीले सुरुबाटै आक्रमक खेल खेलेर स्पेनलाई दबावमा राख्यो ।

२० औं मिनेटमा चिलीका बार्गासले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलमा फर्कने प्रयास गरिरहेको बेला स्पेनले पहिलो हाफको अन्त्यमा अर्को गोल खायो । एलेक्स सान्चेजको प्रहार स्पेनका गोलरक्षक इकर कासियासले रोके तर, रिबाउन्स बलमा एनरिगिसले गोल गर्दै चिलीलाई २(० को अग्रता दिलाए ।

दोस्रो हाफमा स्पेनले खेलमा फर्कने केही राम्रो प्रयास गरेको थियो । ५३ औं मिनेटमा सर्जिओ बुस्केट्सको प्रहार केहीबाहिर भयो । ८४ औं मिनेटमा स्पेनले अर्को मौका गुमायो । आन्द्रे इनिष्टाको राम्रो प्रहार चिलीका गोलरक्षक ब्रावाले उत्कृष्ट बचाउ गरे । सन् १९९८ को विजेता फ्रान्स  सन् २००२ मा र सन् २००६ को विजेता इटली २०१० मा समूह चरणबाटै बाहिरिएपनि शुरुकै दुई खेल हारेर बाहिरिने स्पेन पहिलो विश्वविजेता हो ।

सर्जिओ बुस्क्वेट र डिएगो कोस्टाले गोल गर्ने सहज मौका गुमाएका थिए ।  स्पेनी प्रशिक्षक डेल बस्कोले दोस्रो हाफमा डिएगो कोस्टा, जावी अलोन्सो र पेड्रोलाई निकालेर फर्नाण्डो टोरेस, कोके र काजोर्लालाई मैदान उतारे पनि कुनै सफलता प्राप्त भएन । स्पेन लगातार ६ वर्षदेखि  फिफा वरियतामा पहिलो नम्बरमा रहेको टीम हो । प्रतियोगिताको पहिलो खेलमै हार बेहारेपछि स्पेनको परम्परागत शैली टीकी टाकाका बारेमा प्रश्न उठाइएको छ र कतिपयले टिकी टाका मरेको टिप्पणी गरेका छन् ।

नेदरल्याण्ड र चिली अन्तिम १६ मा:

सन् २०१० को विश्वकप उपविजेता नेदरल्याण्डसागै चिली भने समूह बीबाट नकआउट चरणमा प्रवेश गरेका छन् । अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको रोमान्चक खेलमा नेदरल्याण्डले अष्ट्रेलियालाई ३(२ गोल अन्तरले पराजित गर्दै ६ अंक जोडेको थियो । खेलमा नेदरल्याण्डले २० औं मिनेटमा आर्जेन रोविनको गोलबाट अग्रता लिएको थियो । तर, त्यो अग्रता एक मिनेट पनि टिक्न सकेन । अष्ट्रेलियाका टिम काहिलले बराबरी गोल फर्काए ।

खेलको ५४ औं मिनेटमा डेरिल जनमटले ल्याण्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी पायो, जसमा माइल जेदिनकले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
खेलको ५८ औं मिनेटमा नेदरल्याण्डका रोविन भानपर्सीले बराबरी गोल फर्काए भने ६८ औं मिनेटमा मेम्फिसले गोल गर्दै नेदरल्याण्डलाई जित दिलाए ।

पहिलो खेलमा अष्ट्रेलियालाई नै हराएको चिलीको पनि ६ अंक भएको छ । अब समूह विजेताको टुंगो समूह चरणको अन्तिम खेलले लगाउने छ र जसमा नेदरल्याण्ड र चिली नै भिड्नेछन् । स्पेन र अष्ट्रेलिया आमने सामने हुनेछन् । दुबैका लागि यो खेल ब्राजिलमा सान्त्वना जितको प्रयासका लागि हुनेछ ।

क्रोएसियासँग हारेपछि क्यामरुन बाहिरियो :

क्रोएसियासँग पराजित भएपछि क्यामरुन विश्वकप फुटवलको पहिलो चरणबाटै बाहिरिएको छ । बिहीबार विहान सकिएको खेलमा क्रोएसियासंग ४–० ले हारेपछि लगातार दुई खेल हारेर क्यामरुन यो विश्वकपको समूह चरणबाटै वाहिरिने तेश्रो टीम बन्यो । उसले अघिल्लो खेलमा मेक्सिकोसँग १–० ले हारेको थियो । पहिलो हाफसम्म १–० को अग्रता लिएको क्रोएशियाले दोश्रो हाफमा ३ गोल थप्यो । सवैभन्दा भरपर्दा स्टाइकर स्यामुएल इटो विनै मैदान उत्रेको क्यामरुनलाई ४० औं मिनेटमा सङ् ले रातो कार्ड पाएपछि अर्को झड्का लागेको थियो । क्रोएसियालाई जिताउन मारियो म्यान्जुकिकले २ तथा पेरिसिक र ओलिकले एक एक गोल गरे ।

युरोपियन क्लब फुटवलको अनुभवी खेलाडीले भरिएको क्रोएशियामाथि क्यामरुनले दबाब दिन सकेन । समूह चरणको पहिलो खेलमा ब्राजिलसँग पराजित भएको क्रोएशियाले दोश्रो खेलमा जित हासिल गर्दै नक आउट चरण प्रवेश गर्ने संभावना कायमै राखेको छ । समुह ए मा ब्राजिल र मेक्सिकोको समान चार चार अंक छ भने क्रोएशियाको ३ अंक भएको छ । सवैले एक एक खेल खेल्न बाँकी छ । अब ब्राजिलले क्यामरुनसंग र क्रोएशियाले मेक्सिकोसंग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: