
माधब पनेरु
पोखरा, २६ बैशाख-
पोखरामा कखुराको मासु खाँदा १६ जना बिरामी परेका छन ।
न्युरोडमा रहेको माउन्टेन म्याली फे्रस हाउस बाट किनेर लगेको कुखुराको मासु खाँए पछि बिरामी परेकाहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तिन दिन अगाडी न्युरोडबाट दुई पटकमा एक किलो र साढे एक किलो मासु खरिद गरेर लगेको उनिहरु बिरामी भए पछि उपचारको लागि गण्डकी मेडिकल कलेजमा उपचार गरिएको हो । मासु खाँए पछि कसैलाई पखाला, कसैलाइै टाउको दुख्ने लगायतका समस्या आएको थियो । कास्कीको पामे, चापाकोट घर भएका उनिहरु मध्ये दश जना अलि बढी बिरामी परेकाले उपचार जारी रहेको जिल्ला प्रहरी स्रोतले जनाएको छ ।
मासु खाएर नै बिरामी परेका हो भन्ने बिषयमा आफुहरु एकिन गर्न सक्ने अबस्थामा नरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डि.एस.पि गज्जुसिद्धि बर्जाचार्यले भने । मासुमा कुनै खरावी भए नभएको बिषयमा परीक्षणका लागि गुण नियन्त्रण कार्यालयमा पठाईसकीएको उनको भनाई छ । मासुमा खरावी भएमा कार्वाही गरीने बर्जाचार्यले बताए ।
मासु ब्यबशायि समिति कास्कीका अध्यक्ष भोलानाथ ओझाले भने आफुहरुलाई यो बिषयमा केही जानकारी नभएको बताए । पोखरामा केही दिन अगाडी बाख्रीको मासु पनि भेटिएको थियो । मासु बिक्रिमा प्रसासनको निगरानी कम भएका कारण कास्कीमा बेला बेलामा यस्ता समस्याहरु आउने गरेका छन ।
