गण्डकी अस्पतालमा कर्मचारी भर्नामा मनपरी भएपछि अख्तियारमा उजुरी

Share:

पोखरा, बैशाख ३० , माधब पनेरु ,
हालै मात्र स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि अनुमति पाएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा कर्मचारी भर्नामा ब्यापक अनियमितता र अपारदर्शिता भएको छ ।
अस्पताल प्रसासनले बुधबार मात्र सात जना कर्मचारी भर्ना गरेपछि अनियमितता भएको कुरा बाहिर आएको छ । बिना सार्बजनिक सुचना र लिखित परिक्षा समेत नलिई फार्मसिमा काम गर्ने कर्मचारीहरु भर्ना गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अस्पतालले भर्ना आवेदन दिनका लागि कुनै पनि पत्रपत्रिका वा सार्बजनिक रुपमा सुचना जारी नगरी अस्पतालको सुचनापाटीमा टाँसेर केही मानिसहरुको आबेदन लिएको थियो । सामान्य छनौट प्रकृया समेत नपु¥याई मनोमानी ढंगले आफ्ना मान्छेहरु भर्ना गरेपछि अस्पताल प्रसासन बिरुद्ध अख्तीयारमा उजुरी परेको हो ।
अस्पताल प्रसासनको गलत कृयाकलापको बिरुद्धमा अख्तियार, जिल्ला प्रसासन , क्षेत्रिय स्वास्थ्य र्निर्देशनालयमा समेत उजुरी दायर गरिएको स्रोतले बताएको छ । उजुरी उपर कानुनी कदम चाल्ने अख्तियार कार्यालय पोखराका प्रमुख डिल्लीराम शर्माले जानकारी दिए । गलत कृयाकलाप गर्ने छुट कसैलाई पनि नभएको उनले भने । कानुन बमोजिम नभए कार्वाही प्रकृया अगाडी बढ्ने उनले बताएका छन । क्षेत्रिय स्वास्थ्य र्निदेशनालयका प्रमुख डा. तारा पौडेलले पनि सार्वजनिक रुपमा आवेदन माग गर्नुपर्ने बताए । उहाँहरुले के गर्नुभयो थाहा भएन तर करार नियुक्तीको लागि आफुहरुले सार्बजनिक रुपमा स्थानिय पत्रिकाहरुमा समेत सुचना जारी गरेको पौडेलले भने । आफुहरु पदेन सदस्य भएपनि कर्मचारी छनौट प्रकृयामा के भयो भन्ने बिषयमा जानकारी नभएको उनको भनाई छ ।
अस्पतालको सुचना पाटीमा मात्र आवेदन दिन सुचना टाँस गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. श्रीकृष्ण श्रेष्ठले स्वीकार गरे । यस अघि पनि त्यस्तै परिपाटी भएकाले आफुहरुले पनि सार्वजनिक रुपमा आवेदन खुला गरिएको सुचना जारी नगरेको उनले बताए । त्यसैगरि मे.शु श्रेष्ठले लिखित परिक्षा पनि नगरेको स्वीकार गरेका छन ।
अख्तियार तथा बिभिन्न निकायहरुमा परेको उजुरीमा कानुनी प्रकृया समेत पुरा नगरी मनोमानी ढंग बाट क्षमताको अवमुल्ययन हुने गरे राज्यको जिम्मेवार निकायले काम गरेकोले तत्काल सबै प्रकृया रोक्न माग गरिएको छ । गुपचुप रुपमा गरिएको र्निणय खारेज गरि पुन परिक्षा सञ्चालन गर्न उजुरीमा माग गरिएको छ ।
अदालत बाट निजि फार्मसिलाई औषधी बिक्री गर्न रोक लगाएपछि अस्पतालले आफ्नै फार्मसि सञ्चालन गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्
Share: