विग एफएमको न्यूज शाखा प्रमुखमा पनेरु

Share:

विग न्यूज पोखरा, ११ असार । विग एफएमको न्यूज शाखा प्रमुखमा माधव पनेरु नियुक्त भएका छन् । दुई वर्ष यता विग एफएममा कार्यरत पनेरुलाई अघिल्ला न्यूज प्रमुखको वर्हिगमन संगै व्यवस्थापन पक्षले उनलाई नयाँ न्यूज प्रमुखको रुपमा नियुक्त गरेको हो । पनेरु विगत एघार वर्ष यता विभिन्न मिडियामा आबद्ध भै कार्यरत थिए ।

नयाँ न्यूज प्रमुखको जिम्मेवारी लिएसंगै रेडियोको न्यूजलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए । यस्तै उनले समुदायमा आधारित पत्रकारितालाई जोड दिनुका साथै सत्य, तथ्य र निडर पत्रकारिताको पक्ष लिँदै असामाजिक क्रियाकलापको विपक्षमा सदैव आवाज उठाउने दाबी गरे । ‘पश्चिमाञ्चलकै नम्बर एक एफएमको न्यूजलाई पनि पश्चिमाञ्चलकै उत्कृष्ट बनाउने विषयमा मेरो विशेष पहल हुनेछ ।’ उनले भने–‘व्यवस्थापन र सहकर्मीहरुको सहयोगको मैले अपेक्षा गरेको छु ।’

विग एफएमका अध्यक्ष महेश भण्डारीले माधव पनेरु न्यूज शाखा प्रमुखको रुपमा आएपछि विग न्यूजले अझै गति लिने विश्वास व्यक्त गरे । उनले भने–‘सत्य, तथ्य समाचारका लागि स्रोताले सुन्ने एफएम विग एफएम बनोस् । र, त्यसका लागि नयाँ न्यूज शाखा प्रमुखको व्यवस्थापन चुस्त होस् भन्ने मेरो चाहना हो ।’

नवनियुक्त न्यूज प्रमुख पनेरुले हिमचुली एफएमबाट आफ्नो मिडिया करिअरलाई शुरुवात गरेका हुन् । स्वाभिमान, गण्डकी सन्देश लगाएतका पत्रिकामा समेत पत्रकारिता गरिसकेका पनेरु रेडियो गण्डकीका समाचार शाखा प्रमुख समेत भैसकेका छन् । विग एफएममा यसअघि सागरराज तिमिल्सिना न्यूज शाखा प्रमुखको रुपमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्
Share: