
लमजुङ्ग, ६ जेठ
दमौलीबाट लमजुङको जिताकोट आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिहीबार साँझ मध्यनेपाल नगरपालिका वडा नं. ५ स्थित जिताटक्सारको ठूलो पहरा भन्ने ठाउँमा ना ६ ख ४१३६ नम्वर प्लेटकोे बस दुर्घटना भएको हो ।
यात्रुबाहक बस सडकबाट करिव ४ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय भार्लेटारले जनाएको छ ।
दुर्घटनामा परी अन्य थुप्रै यात्रुहरु घाइते भएका ईलाका प्रहरी कार्यालय भोर्लेटारले वताएको छ । ईलाका प्रहरी कार्यालय भोटेओडार र भोर्लेटारको एक प्रहरी टोली घटनास्थलतर्फ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
