पोखरा १५ असार । पोखरामा आयोजना गरिएको असारे रोपाई महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक रमाए । पोखरा पर्यटन परिषदले विगत एक दशदेखि आयोजना गदै आएको महोत्वस यस पटक एघारौ असारे रोपाई महोत्सव पोखरा—१३ बाँझापाटनस्थित कमलपोखरीका कृषक लोकबहादुर कार्की र रमेशबहादुर कार्कीको खेतमा आयोजना गरिएको थियो ।
हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आईएको महोत्सव यस पटक काँहु किनारमा रोपाई महोत्सवमा आयोजना गरिएको थियो । खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुदैँ पर्यटक दही र चिउराको स्वादमा रमाए ।
“पोखरा सवै मौसमका लागी” भन्ने नारा सहित एघारौ असारे महोत्सवमा स्वदेशीदेखि विदेशीहरु रमाए । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकी भन्ने चिन्ताले यस्ता महोत्सवले संस्कृतिको जगेर्ना गर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटाले बताउनु भयो
विदेशी पर्यटकहरु नेपालको नाम सुने पनि असारे रोपाईको बारेमा जानकारी नभएको तर प्रत्यक्ष हेर्न पाउदाँ भने खुशी लागेको बताए । अष्टे«लियाका डेनीसले भने हिलोमा खेल्दा रमाईलो लाग्यो । उहाँले थप्नु भयो नेपालको संस्कुती राम्रो लाग्यो धानको विउ रोपेको उहाँलाई सवै भन्दा नौलो लग्यो फेरी अर्को वर्ष पनि आउने छु नेपाल राम्रो छ उहाँले भन्नुभयो ।
खेतको आलीमा बसेरकाहरुलाई हिलो छ्याप्दा छेउमा वस्नेहरु भागदौड गर्दा बातावरण निकै रमाइलो बनेको थियो । रोपाहारले हातमा धानको बीउ लिदैं हिलोमा छुपुछुपु धान रोप्दै असारे गीत गाउँदा महोत्सवस्थल नै संगीतमय बनेको थियो । त्यती मात्रै हैन् पञ्चेबाजा र भजन चुटकाले महोत्सवमा थप रौनकता थपेको थियो ।
महोत्सवको उद्घाटन क्षेत्रीय प्रशासक अर्जुनबहादुर कार्कीले गरे । उदघाटनमा बोल्दै कार्कीले कृर्षि, पर्यटन र जलस्रोतको विकास विना नेपाल समृद्धि तर्फ लम्कन नसक्ने बताउनु भयो । उहाँले नेपालमा कृर्षिलाई ब्यवसायीक र बैज्ञानिकरण गदै लेैजानुपर्ने बताए ।
कार्यक्रममा पर्यटन परिषदका सदस्य टिकाराम सापकोटा, परिषद्का सल्लाहाकार गणेशबहादुर भटराई, परिषद अध्यक्ष सुर्यबहादुर भुजेल लगायतले असारे रोपाइ महोत्सवले पर्यटन प्रवद्धनसंगै नेपाली संस्कुतीलाइ अन्तराष्ट्रिय करण गर्न प्रचार प्रसार हुने बताए । पोखरामा खेतीयोग्य जमिन प्लटिङले हराउँदै गएका छन् । कास्की जिल्लामा झण्डै २६ हजार १ सय ६७ हेक्टर क्षेत्रफलमा धान खेती हुदैं आएको छ ।
News: Safalnews & Photo: Dinnath Baral
