
असार ५ गते-
सिरियल होस् या फिचर फिल्म, केदार घिमिरे (माग्ने बूढा) को उपस्थिति हुनेवित्तिकै दर्शकले लख काट्छन् कि अब यी बूढाले हसाउँछन् । तर, स्टेजदेखि म्युजिक भिडियोसम्म दर्शकलाई हँसाउँदै आएका माग्नेबूढा अहिले आाफैँ रूने अवस्थामा पुगेका छन् ।
सानो आन्द्राको एकपत्र किराले खाएपछि उनी अहिले कलाकारिताको कामै छोडेर उपचारमा लागेका छन् । तर, उपचारका क्रममा अस्पताल जाँदा र घरमा भेट्न आउनेहरूको सुझाव सुन्दा माग्ने बुढा हैरान बनेका छन् ।
पछिल्लो सयम विल्सन विक्रम राईसँगको सहकार्यमा ‘खासखुस्’ नामक सिरियल निर्माण गरेका माग्नेबूढा ‘खासखुस’मा मुख्य भूमिका थिए । पछिल्लो चारहप्ता यता उनी खासखुसमा पनि देखिएका छैनन् ।
उनी अहिले घरमै आराम गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
