
पोखरा, २४ असार –
अस्पताललाई जानकारी नदिई बिदा बसेका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका ६ जना कर्मचारी बर्खास्त भएका छन् । अस्पताललाई खबर नै नगरी ६० दिन भन्दा लामो बिदा बसेको भन्दै उनीहरुलाई स्वाथ्य मन्त्रालयले बर्खास्त गरेको हो ।
बर्खास्त हुनेहरुमा मेडिकल असिष्टेण्ट डाक्टर निर्मल लामिछाने, सिष्टर सुनिता बज्राचार्य, ल्याब टेक्निसियन रामजी शर्मा, स्टाफ नर्स मिलिना रञ्जित, अन्जु गुरुङ र संगीता गौतम रहेका छन् । उनीहरुलाई भविष्यमा कुनै पनि सरकारी सेवामा काम गर्न नपाउने गरि बर्खास्त गरिएको पश्चिमाञ्चल अस्पतालले जनाएको छ ।
बर्खास्तमा परेका मध्य डाक्टर लामिछाने पाँच वर्षदेखि अस्पतालमा हाजिर नभएको र सम्पर्कमा नआएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर श्रीकृष्ण श्रेष्ठले बताए ।
यस्तै सिष्टर सुनिता बज्राचार्य २०६४ सालदेखि अनुपस्थित छिन् । ल्याव टेक्निसियन रामजी शर्मा २०७० सालेदेखि अस्पताल आएका छैनन् । स्टाफ नर्स मिलिना रञ्जित २०६५, अञ्जु गुरुङ २०६६ र संगीता गौतम २०७० साउन पहिलो दिनदेखि उपस्थित नभएको अस्पतालले जनाएको छ ।
