
पोखरा, २७ असार-
फेवा विकास बैकले म्याग्दी जिल्ला बेनी नगरपालिकाको हुलाकचोक शाखाबाट कारोबार शुभारम्भ गरेको छ ।
शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र फेवा विकास बैंक लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाले संयुक्तरुपमा गरे ।
प्रमुख जिल्ला अधिकारी केशवराज आर्चायले बैकको सफलताको शुभकामना व्यक्त गरे ।
फेवा विकास बैंक लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाले उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिँदै आगामी दिनमा बैकका शाखालाई गाउँ गाउँमा पुर्याउदै वित्तीय पहुच पुर्याउने जानकारी गराए । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैकको गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराए ।
शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा, एटिएम, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिगं सेवा संचालन गरिएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराए ।
फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२/७३ को तेस्रो त्रैयमासमा संचालन मुनाफा रु. २६ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधी सम्म निक्षेप रु. १० अर्ब ६३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.९ अर्ब ३३ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको बैंकको दावी छ ।
वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आयभएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।
