
पोखरा, २९ असार-
नेकपा (माओवादी केन्द्र) कास्की जिल्ला सम्मेलन आयोजक समिति सदस्य एवम युवा नेतृ सोना राना गुरुङ्को श्रद्धाञ्जली सभा बुधवार गरिएको छ । नेकपा (माओवादी केन्द्र) पोखरा २८ अर्मला कमिटिको आयोजनामा पोखराको बौद्ध अर्घौं सदनमा श्रद्धाञ्जली सभा गरिएको हो ।
सभामा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य हरि अधिकारी ‘कुमार’ ले अब हरेक नागरिक सोना जस्तै नेतृत्वदायि भुमिकामा आउनुपर्नेमा जोड दिए । सोना एक ईमान्दार पार्टी सदस्य भएको उल्लेख गर्दै उनले सोनाले समाज परिवर्तनको लागि देखेका सपना पुरा गर्नु सबै सदस्यको दायित्व भएको बताए ।
श्रद्धाञ्जली सभाका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र कास्कीका ईन्चार्ज एवम नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य राजकाजी गुरुङ् ‘करण’ले सोनाको मृत्युले परिवार, समाजको साथै पार्टीमा पनि अपुरणीय क्षति भएको बताए । उनले सोना जस्तो नेता निर्माण गर्न पार्टीलाई १३ वर्ष लागेको बताउँदै उनको परिवारको लागि पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृ सुमिता बस्नेतले सोनाको राजनीतिक, पारिवारिक पृष्ठमुभिको बारेमा जानकारी गराएकी थिईन् ।
पोखरा उपमहानगरपालिका २८ निवासी ३० वर्षीय सोनाको यही असार १७ गते काठमाडौंको मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । उनी नेकपा माओवादी केन्द्र कास्की जिल्ला सम्मेलन आयोजक समितिको सदस्यको साथै त्यसको भातृ संगठन वाईसिएल, अनेमसंघ क्रान्तिकारीको सदस्य थिईन् ।
सामाजिक रुपमा उनी वडा नागरिक मञ्च पोखरा २८ को सह संयोजक, स्थानीय विद्यालय व्यवस्थापन समितिको सदस्य, बन उपभोक्ता समितिको सदस्य, युवा क्लव, महिला समुह लगायतका सँस्थामा आवद्ध रहेकी थिईन् ।
