सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकन २०१४: दोस्रो चरणको अडिसनमा ६९ जना अघिल्लो चरण प्रबेश

Share:

माधब पनेरु पोखरा, २२ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकन २०१४मा दोस्रो चरणको अडिसन अन्र्तगत आईतबार ६९ जना अघिल्लो चरण प्रबेश गरेका छन ।

११० जनाले सहसभागिता जनाएका थिए ।बाँकी प्रतियोगीहरुको सोमबार बिहान ८ बजेबाट अडिसन सुरु हुने कार्यक्रम संयोजक सञ्जोक बस्यालले बताए । पहिलो चरण पार गरेका १४६ जना मध्येबाट बाँकी रहेका प्रतियोगिको लागि बिहान ८ बजे बाट १० बजे सम्मको समय तोकिएकोले र्निधारित समय भित्र आएर आफ्नो प्रतिभा देखाउन बस्यालले आग्रह गरेका छन । पोखराको न्यूरोड स्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा आईतवार विहानदेखि दोस्रो चरणको अडिसन राउण्ड सुरु भएको हो । मंगलबार दोस्रो चरणको अडिसन सकिने एफ ले जनाएको छ ।

पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको खुल्ला एकल गायन प्रतियोगिता बिग आईकनको पाचौ संस्करणमा आबेदन फारम भरेका ८ सय ९० मध्ये पहिलो चरणको अडिसनमा ८ सय २२ जनाले सहभागिता जनाएका थिए । विग आईकनको यो सँस्करणमा ५० जिल्लाका गायन प्रतिभाहरुले सहभागिता जनाएको एफएमले जनाएको छ ।

नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो करिब दुई महिनासम्म चल्नेछ । बिजेता बन्नको लागि प्रतियोगिले १९ चरणको अडिसन पार गर्नुपर्नेछ । प्रतियोगिताको निर्णायकमा पोखराका अग्रज संगीतकर्मीहरु सामसुङ तामाङ र सुनिल थापा रहेका छन् ।

यसपटक विग आईकन बन्ने प्रतियोगीले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।

बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले विग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा द व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।

बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
Share: