असार २२ / विश्वकप २०१४ को सेमिफाइनल समिकरण पूरा भएको छ । गएराति भएका क्वाटरफाइनलका दुई खेलसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । अप्रत्याशित टोलीहरु क्वाटरफाइनलसम्म पुगेपनि सेमिफाइनल पुग्ने टोली भने पुराना नै रहेका छन् ।
ब्राजिल, जर्मनी, अर्जेन्टिना र नेदरल्णड्स अन्तिम चार पुग्ने टोली बनेका छन् । कोलम्बिया, कोस्टारिका, बेल्जियमले सबैको मन जित्दै क्वाटरफाइनलसम्मको यात्रा तय गरेपनि सेमिफाइनलसम्म भने पुग्न सकेनन् । कोलम्बिया ब्राजिलसँग क्वाटरफाइनलमा परािजत भयो । कोस्टारिकालाई नेदरल्याण्ड्सले पाखा लगाउँदा बेल्जियम अर्जेन्टिनासँग हार व्यहोर्न बाध्य भयो । जर्मनीले भने क्वाटरफाइनलमा फ्रान्सलाई पराजित गर्यो ।
सेमिफाइनलका खेलहरु मङ्गलबारबाट सुरु हुनेछ ।
