नेविसंघको नाममा चन्दा नदिन आग्रह

Share:

पोखरा, १९ साउन-
यही साउन २३ ,२४ र २५ गते हुन गइरहेको ११ औ केन्द्रिय महाधिवेशन को चर्चा चलिरहेको बेला केही विद्यार्थी हरुले संस्थाको नाम बाट चन्दा उठाइरहेको कुरा बाहिर आए पछि नेविसंघको नाममा कसैले पनि चन्दा र सहयोग नदिन सचेत गराएको छ । नेविसंघका केन्द्रिय सदस्य सरोज के.सी र गोविन्द लामिछाने द्धारा संयुक्त रुपमा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
नेविसंघ को केन्द्रिय निती अनुरुप कुनै पनि उद्योग पति ,व्यवसायी एवम् संघ सस्था सगँ चन्दा नमाग्ने निती भएकाले कास्कीमा पनि नेविसंघको नाममा चन्दा नदिन आग्रह गरिएको हो ।
संगठनको नाममा चन्दा लिने र संगठन को मर्यादा विपरित काम गरि संस्थालाई नै मागि खाने भाडो बनाउने हरुलाई सचेत रहन समेत विज्ञप्तिमा उल्लेख छ । निर्वाचनका लागी भनेर कुनै व्यतिm,संघ संस्थामा चन्दा उठाउने प्रवृतिको अन्त्य गर्न माग गरिएको छ ।
महाधिवेशन सफल बनाउन मातृ पार्टी नेपाली कांग्रेसले कार्यदल समेत गठन गरि सक्रिय रुपमा विवादित जिल्ला हरु लाई समेत सम्वाद मार्फत महाधिवेशनमा सहभागी गराउने जानकारी गराएको छ । यसै गरि अर्को एक समाचार अनुसार विवादित जिल्ला अन्र्तगत रहेको कास्की जिल्ला भने विवादित जिल्ला बाट बाहिरिएको र सवै पक्ष सँग समन्वय गरि महाधिवेशन प्रतिनिधि टुंगो लगाएको केन्द्रिय सदस्य सरोज के.सी ले जानकारी दिनुभयो ।
नेविसंघको केन्द्रिय महाधिवेशनको तयारीको लागी कास्की बाट पनि ७५ जना विद्यार्थी प्रतिनिधी छनोट भइसकेको र भोली बाट काठमाण्डौँ जाने क्रम सुरु हुने कुरा नेविसंघका केन्द्रिय सदस्यका प्रत्यासी उम्मेद्धवार दिनेश शर्माले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: