पोकोमोन क्रेज, पोकोमोन गो खेल्दा ३७ सय पाउण्डको विल

Share:

काठमाडौं, १९ साउन-
ओलम्पिक जिम्न्याष्टिक स्टार कोहेइ उचिमुरा ओलम्पिक खेल्न रियो पुगेका छन् । उनी स्वर्णका दाबेदार समेत हुन् ।

तर, उनी खेलका कारण भन्दा पनि मोवाइल गेम पोकोमोनका कारण चर्चामा छन् । उनले मोवाइल गेम पोकोम्यान खेलेबापत ३७ सय पाउण्डको विल उठेको छ ।

लण्डन ओलम्पिकका स्वर्ण बिजेता २७ बर्षीय जापानिज खेलाडी उचिमुराले रियो आएपछिमात्र मोवाइलमा गेम खेलेबापतको रोमिङ चार्ज हो यो ।

‘बिल बुझेपछि उचिमुरा टिमसँग खानाखाने बेलामा बेहोसजस्तै भए,’ जापानी टिमका सदस्य केञ्जो सिरीले भने ।

तर उनको फोन कम्पनीले मोवाइल गेम खेलेवापतको रकम फ्ल्याट दरमा भुक्तान गरिदिन सहमत भएको छ । – एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: