टेलिकमको रिचार्ज नहुने समस्या ३० घण्टापछि हट्यो

Share:

काठमाडौं, २३ साउन-
नेपाल टेलिकमको रिचार्जमा देखिएको समस्या झण्डै ३० घण्टापछि समाधान भएको छ । हिजो विहानैदेखि टेलिकमको एनटी रिचार्ज सिस्टममा समस्या आएको थियो ।

सिस्टम अपग्रेड गर्ने क्रममा आएको समस्या भर्खरै हटेको टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले जानकारी दिए । ‘हिजो विहानैदेखि एनटी रिचार्ज कार्डबाट रिचार्ज हुन सकेको थिएन’ अधिकारीले भने,’सिस्टमलाई पुरानै अवस्थमा ल्याएर भर्खरै रिचार्ज सुचारु गरेका छौं ।’

सिस्टमका समस्या आएपछि टेलिकमले रिचार्ज सिस्टम अपग्रेडिङलाई पनि रोकेको छ सफ्टवेयरमा समस्या आएपछि झण्डै ३० घण्टा जति रिचार्ज गर्न समस्या भएको थियो । टेलिकमको अनलाइन , एमपीअोएस  र नमस्ते रिचार्ज सिस्टममा भने समस्या थिएन ।

कमेन्ट गर्नुहोस्
Share: