
पोखरा, २३ साउन / आगामी शनिबार पोखरामा हुने आठौ डि सिने अवार्डसंग नेपाल पर्यटन बोर्डको पनि सहकार्य हुने भएको छ । उपत्यका बाहिर पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रमले पोखराको आन्तरीक पर्यटनमा टेवा पुग्ने भन्दै यो कार्यक्रमा सहकार्य गरेर अगाडी बढेको नेपाल पर्यटन बोर्ड क्षेत्रिय कार्यलय पोखराका सहायक प्रमुख सुर्य थपलियाले बताउनु भयो ।
नेपालका चर्चीत कलाकारहरुको उल्लेख्य सहभागीता रहने यो कार्यक्रमले पोखराको आन्तरीक पर्यटन प्रर्बदनमा ठुलो भुमिका खेल्न सक्ने उहाको भनाई छ । पोखरा चलचित्र छायाकनको आर्कषक गन्तब्य पनि हो । यसकारण पनि यो बर्षको अवार्ड कार्यक्रमलाई पोखरामा गरीन लागेको अवार्ड कार्यक्रमका अध्यक्ष शान्तिप्रियले बताउनु भयो । डेढ सयको हाराहारीमा कलाकर्मीहरुको उपस्थीती रहने यो अवार्ड कार्यक्रमा पोखराको स्थानिय कला सस्कृतीलाई समेत समाबेश गरीदै पर्यटकीय क्षेत्र पोखराको आन्तरीक पर्यटन क्षेत्रहरुमा भ्रमण अबलोकन गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष शान्तिप्रियले बताउनु भयो ।
बर्ष २०७२ मा प्रर्दशनमा आएका चलचित्रहरु मध्येबाट सर्बउत्कृष्ठ छबिस बिधाका मनोनयनहरु मध्येबाट उत्कृष्ठलाई आगामी शनिबार पोखराको ग्रयाण्ड होटलमा अवार्ड प्रदान गरीने छ । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रवद्धृन गर्ने उदेश्यले नेपाल घुमफिर बर्ष २०७३ मनाईरहेका बेला यो कार्यक्रमले पनि टेवा पुग्ने देखिन्छ । आन्तरिक पर्यटनलाई सम्बोधन गरिएको यो बर्षमा सुन्दर नगरी पोखराका मनोरम क्षेत्रहरुमा देशमै चलेका चर्चीत कलाकारहरुको उपस्थीतीले पक्कै पनि त्याहाको पर्यटन प्रर्बधनमा भुमिका खेल्ने भएकाले पनि अवार्ड कार्यक्रम संग हातेमालो गरेको थपलीयाले बताए ।
घुमफिर संगै अवार्ड बितरण गरिन लागेको यो कार्यक्रम एकैटक ठुलो संख्यामा राष्टिय कलाकारहरुको सहभागीता रहने पहिलो कार्यक्रम पनि हो । आन्तरिक पर्यटकलाई बिस्तार गर्नको लागि यो कार्यक्रले भुमिका खेल्लनेमा प्रमुख थपलीयाको बिश्वास छ । अवार्ड कार्यक्रमा घुमफिर बर्षको बारेमा जानकारी समेत गराईने छ । कार्यक्रमा पोखरा घुम्नुपर्ने र त्यसपछि अरुलाई प्रेरित गर्नु पर्ने कुराको जानकारी समेत दिईने छ । कार्यक्रममा काठमान्डौ देखी सहभागीता रहने कलाकर्मीहरुलाई पोखरा आफुहरुले घुमिसकेपछि मात्र अरुलाई त्यसको बारेमा बताउन सकिने जानकारी गराउन समेत यो कार्यक्रमले भुमिका खेल्ने थपलियाले बताए । श्र्रब्य दृश्य बिज्ञापनको माध्यम भन्दा पनि बढी प्रभाबकारी चलचित्रमा देखाईने लोकेशन ठाउको प्रचारप्रसार हुने थपलियाको भनाई छ । चलचित्रमा कुनै ठाउ बिशेष रहनसहन र संस्कृती बिशेष कुराहरु पर्दामा देखिदा त्यसको ठुलो प्रभाब पर्ने बताउदै बिश्वब्यापी रुपमा पनि चलचित्र प्रर्यटन र ठाउ बिशेष प्रचारप्रसारमा चलचित्रको भुमिका रहदै आएकाले अवार्ड कार्यक्रमा सहकार्य रहेको उनको भनाई छ ।
सिधाखबरबाट साभार
