क्षेत्री समाज कास्कीले ग¥यो ७५ यूनिट रगत संकलन

Share:

कोकिल पौडेल
पोखरा, २५ साउन :
क्षेत्री समाज कास्कीले आज पोखराको महेन्द्र पुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ ।
सिद्धि बक्स गण फुलवारी पोखराका प्रमुख सेनानी उज्जवल थापाले ३० आौ पटक रक्तदान गरेका प्रहरी नायव निरिक्षक राजेन्द्र पौडेललाई व्लड व्याग हस्तान्तरण गरि कायक्रमको उद्धघाटन गरेका थिए ।

समितिका अध्यक्ष पदम बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष डिल बहादुर अधिकारी र प्रा.डा. डिल बहादुर क्षेत्रीले रक्तदानको महत्व बताउदै जीवनमा एक पटक भएनी रक्तदान गर्नुपर्ने बताएका थिए ।

व्लड वैक पोखरा र पद्यम नर्सिङ होमको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यलय सचिव लक्ष्मी अधिकारीले गरेकी थिइन ।

कमेन्ट गर्नुहोस्
Share: