
भदौ १२ गते-
अवदेखि विहान ६ बजे पिएन् क्याम्पस पोखरामा पढ्नैका लागि कोठा भाडा तिरेर कास्कीका ढिकुरपोखरी, लुम्ले, कास्कीकोट र सल्यानवासी पोखरा बस्नपर्ने बाध्यता हट्ने भएको छ ।
यात्रामा निकै ठुलो सास्ती भोग्दै आएका त्यस क्षेत्रका जनता, पत्रकार साथै पृथ्वी राजमार्ग वस संचालक समितिका महासचिव योगेन्द्रबहादुर केसी नेतृत्वको टोली बीच आज त्यसबारे लिखित सहमति भएको हो ।
सहमतिमा त्यस क्षेत्रका जनताको माग अनुसार यहि भदौ १६ गतेदेखि बस सेवा संचालन गरिने जनाइएको छ । पृथ्वी राजमार्ग वस संचालक समितिका महासचिव केसीले त्यस क्षेत्रका जनताले यातायातमा निकै ठुलो दुख भोग्नु परेको महशुस गरि यहि भदौ १६ गतेदेखि डिलक्स बसहरु संचालन गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए ।
त्यस क्षेत्रका बासिन्दाले अव आफ्नो क्षेत्रको यातायात समस्या पुर्ण रुपमा समाधान हुने बिश्वास समेत व्यक्त गरेका छन् । ढिकुरपोखरी ४ की मिना भण्डारी भन्छिन्- ‘उभिएर यात्रासम्म गर्न नपाउने ढिकुरपोखरीवासी अव त सिटैमै बसेर पोखरा सम्म जान आउन पाइन्छ की भन्ने ठुलो आशा जागेर आएको छ ।’
