तनहुँमा चट्याङ्ग लागेर चारजना घाईते, पोखरामा उपचार हुँदै

Share:

दमौली, १४ भदौ । तनहुँमा सोमबार साँझ छुट्टाछुट्टै ठाउँमा परेको चट्याङ लागेर घाइते भएका चार व्यक्तिको पोखरामा उपचार भइरहेको छ ।

तनहुँको व्यास नगरपालिका–९ अधेँरीभञ्ज्याङमा परेको चट्याङ लागेर घाइते भएका तीनजना र सोही दिन चट्याङले लागेर घाइते भएका क्यामिन गाविस–६ बस्ने अर्का एकजनाको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका १९ वर्षीय आशीष सुनार, १५ वर्षीय महेश सुनार, ३० वर्षीय मीना सुनार र ३० वर्षीय सिमान सिंह गुरुङको उपचार भइरहेको हो । उनीहरुलाई दमौलीमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको थियो ।

चट्याङले उनीहरुको टाउको, घाँटी, आँखा, हात, खुट्टामा गहिरो चोट लागेकाले थप उपचारका लागि पोखरा पठाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: