
लेखनाथ, १६ भदौ। सासंद रविन्द्र अधिकारीले अवको पढाई भनेको नैतिक र ईमान्दारीताको ज्ञान भएको हुनु पर्नेमा जोड दिएका छन्। कास्कीको लेखनाथ नगरपालिका वडा नं १७ भरतपोखरीमा रहेको सरस्वती टिका माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्दै सासंद अधिकारीले पढाई एक प्रकारको सिकाई हो जाहाँ असल कुरा सिक्नु पर्छ जसका लागि नैतिकता र ईमान्दारीताको खाँचो रहेको विचार रहेको हुन्।
विद्यार्थीको शिक्षा जग हो,जग बलियो भयो भने घर बलियो हुन्छ भने जस्तै मावि तहमा अध्यनरत विद्यार्थीलाई असल कुरामात्र सिकाउन सकियो भने उनिहरुको भविश्य राम्रो हुनेमा जोड दिदै सासंद अधिकारीले सरस्वती टिका माविलाई आगामी दुई वर्ष भित्रमा नेपाल कै नमुना विद्यालय बनाउनका लागि शिक्षक र अभिभावकको भुमिका पनि महत्वपुर्ण हुने धारणा राखेका थिए।
संसदिय विकास समितिका अध्यक्ष समेत रहेका अधिकारीले आफनो क्षेत्रका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहरे गर्दै यस क्षेत्रको विकास हुदाँ आफुनो पनि ईज्यत रहने भएकाले आफुले पाएको राष्ट्रिय जिम्मेवारीलाई मध्यनजर राख्दै कास्कीको विकासलाई पहिलो प्रथामिकतामा राखेको छु उनको विचार थियो।
कार्यक्रममा जिल्ला शिक्षा कार्यलय कास्कीका विद्यालय निरिक्षक रविमोहन आचार्यले छोटो समयमा सरस्वती टिका उच्च माविले निजी क्षेत्रका विद्यालय सरहको शिक्षा दिई कास्कीमा नै उदाहरणिय विद्यालय बन्न सफल भएकोमा खुसि ब्यत्त गरेका थिए।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षक महासंघका केन्द्रिय सदस्य बशन्तराज पाण्डे,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,नेकपा एमाले लेखनाथ नगर समोन्वय समितिका सचिव मोहन गुरुङ,नेकपा माओवादी केन्द्रका अजुन मल्ल,भुपु भरतपोखरी गविसका अध्यक्ष यज्ञप्रसाद अधिकारी,सल्लाकार धर्मराज अधिकारी,विद्याथी नम्रता काफले र मनोज गौतम लगाएतले गुणस्थरिय शिक्षाको आवस्यकताका वारेमा जोड दिएका थिए।
सोही अवसरमा विभिन्न दाँताहरुबाट स्थापना गरिएको अक्षयकोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्राबिद्ध वितरण गरिएको थियो भने पुर्व शिक्षक रामजी प्रसाद अधिकारी र डिल्लीराम वराललाई सम्मान गरिएको स्थानीय युवा अशोक सेढाइले जानकारी दिए ।
