विश्वशान्तिको कामना गदै पोखरामा साइकल -याली

Share:

पोखरा, २५ असार/रोटरी क्लव अफ पोखरा फिस्टेलको आयोजनामा बुधवार पोखरामा विश्वशान्तिको कामना गर्दै साइकल ¥याली सम्पन्न भएको छ । वातावरण प्रदूषण कम गरौं, स्वस्थ बनौं भन्ने मूल नाराका सथा कार्यक्रम अयोाजना गरिएको ¥यालीका संयोजक रोटरी क्लव अफ पोखरा फिस्टेलका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए ।

साइकल ¥याली विहान पोखरा सभागृहबाट सुरु भई नगर परिक्रमा पछि सभागृहमा नै पुगेर टुंगिएको थियो । कार्यक्रममा एक्सन फर एशियाका डेविट प्वल कुकको नेतृत्वमा छ जना वेलायती नागरिकले पनि भाग लिएका थिए ।
रोटरी क्लवहरुको कार्यक्रमलाई सहयोग गर्दै वेलायती नागरिकले हालसम्म सिंगापुर, थाइल्याण्ड, मलेसिया, कम्बोडिया, लाओस्, भियतनामको यात्रा पूरा गरी नेपाल आएका हुन् । हालसम्म उनीहरुले १५ हजार किलोमिटर यात्रा पूरा गरेको र आगामी अगष्ट १४ मा मुम्बई पुगेर यात्रा सम्पन्न गर्ने कुकले बताए ।

साइकल ¥यालीको कार्यक्रममा साइकल सिटी पोखरा, सहारा क्लव पोखरा, जिल्ला ह्याण्डवल संघ कास्की, जिल्ला साइकल संघ कास्की, रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेल, चालिसे साइकल सप, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, कास्कीका सुरक्षा निकायहरु र डावर नेपालको सहयोग रहेको थियो । किरणलाल श्रेष्ठ, अशिष्टेण्ट डिस्ट्रिक्ट गभर्नर दिनेशशंकर पालिखे, पोखरा फिस्टेलका विनोद कोइराला, जयन्द्र गौचन लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: