पानी तान्ने मोटर चलाउने क्रममा सेतीले बगायो

Share:

पोखरा, २५ असार /पानी तान्ने मोटर चलाउने क्रममा सेती नदिले एक युवालाई नदिले बगाएको छ । लेखनाथ नगरपालिका १३ मझुवामा रहेको स्ट्रोङ एग्रीगेटमा काम गर्ने कैलाली रत्नपुरका १९ वर्षिय विरेन्द्र चौधरीको सेति नदिले बगाउदा मृत्यु भएको हो । सेती नदीबाट मोटर संचालन गरि पानी तान्ने क्रममा चिप्लिन गई खोलामा डुवेका चौधरी बपत्ता भएका थिए ।

उनललाई वडा प्रहरी कार्यालय गगनगौडा र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी टोली उद्दार कार्यको लागि खटिएको । चौधरीलाई नदीले बगाई लगेको अवस्थामा तनहु जिल्लाको शुक्ला गण्डकी न।गरपालीका वडा नं ३ को नदि किनारमा मृत भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

चौधरीको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल अस्पतालमा ल्याई राखि अन्य अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय तनहुंबाट भईरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: