
दमौली, ७ असोज-
तनहुँको जामुने गाविस–७ धएरेमा आज अपराह्न टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट दमौली आउँदै गरेको ग १ प ८७४३ नंको मोटरसाइकललाई दमौलीबाट पोखरा जाँदै गरेको टिपरले ठक्कर दिँदा मनपाङ–१ का ढालबहादुर शाही र एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनापछि अहिले पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्ड अवरुद्ध भएको थियो ।
कमेन्ट गर्नुहोस्
