दुर्गा शाहबाबाका गीत अब ‘बेस्ट सङ्स अफ ठकुरिज’ मा

Share:

काडमाडौँ, ९ असोज–
दुर्गा शाहबाबाले रचना गर्नुभएको र ठकुरी कलाकारहरुले गाएको गीत एल्बम ‘बेस्ट सङ्स अफ ठकुरिज’ विमोचन गरिएको छ ।

एल्बमका वरिष्ठ गीतकार चेतन कार्की र चलचित्र निर्देशक प्रकाश सायमीले संयुक्तरुपमा ललितपुरमा आयोजित कार्यक्रममा विमोचन गरे ।

एल्बम विमोचन गर्दै कार्कीले ठकुरी जातिले देशको निर्माण गर्न अह्म भूमिका निभाएको बताउँदै अहिले केही विखण्डनकारीले देशलाई टुक्रा पार्न खोजेको आरोप लगाए ।

उनले पहिले खुँडा तरबारले देशलाई एकताबद्ध गराउने अहिले ठकुरीले गीतमार्फत देशलाई एकतामा ल्याउन खोजेको बताए । चलचित्र निर्देशक सायमीले ठकुरीले गीतका माध्यमबाट आफ्नो पहिचान जोगाउनका लागि प्रशंसा व्यक्त गरे ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले साहित्यको विस्तारसँगै नेपालीको सम्पर्क बढेको बताए । एल्बममा पाँच वटा गीतमा रेखा शाह, सिन्धु मल्ल, तिलक बम मल्ल, सुनिल सिंह ठकुरी, दुर्गा शाहबाबा, सुरजशाही ठकुरी, राजन ठकुरी लगायतले स्वर दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: