
पोखरा, १० असोज
मदरल्याड मावि मासबार पोखरालाई शिक्षा क्षेत्रमा दिएको योगदानको कदर गर्दै एक पछि अर्को अर्वाड पाएको छ । पश्चिमाञ्चल क्षेत्रबाट संस्थागद विद्यालयतर्फको उत्कृष्ट भई पुरस्कार शिक्षा दिवसको दिन सरकाबाट पुरस्कृत भए पछि अन्य दुईवटा अर्वाड समेत प्राप्त गरेको छ ।
त्यस पछि मदरल्याड माविले व्रिटिस काउन्सिलले इन्टरनेश्नल विद्यालय अवार्डबाट सम्मान गरेको छ । विद्यालयको पाठ्यक्रम बाहेक अन्तराष्टिय शिक्षा प्रभावकारी रुपमा प्रदान गरेको भन्दै व्रिटिस काउन्सिले सम्मान गरेको हो । व्रिटिस काउन्सिले यस वर्ष नेपालको ११ विद्यालयलाई सम्मान गरको छ भने पोखराबाट २ वटा विद्यालय पर्न सफल भएका छन् । मदरल्याड बाहेक पोखराको इस्प्राइरल ग्यालेक्सीले पनि यो अर्वाड पाएको छ ।
यो अर्वाडले बेलायती स्कुलहरु सगँ समन्वय गरेर मदरल्याडका विद्यार्थीहरुले अध्यक्षनलाई प्रभाव कारी बनाउन सक्ने विद्यालयका प्रधानध्यापक नारायण प्रसाद बरालले जानकारी दिए । उनले यो अर्वाड पाए पछि विद्यालयले तीन वर्ष सम्म लोगो प्रयोग गर्न पाउने, विद्यार्थीहरुको सिकाइलाई अझ प्रभावकारी बनाउन शिक्षा आदान प्रदान गर्न पार्ने लगाएका सुविधा हुने बताए । उनले विद्यलायका विद्यार्थीहरुले १५ वटा नयाँ पोजेक्ट बनाएकाले अर्वाड पाएको बताए ।
त्यसै गरि मदरल्याडले रियल स्कुल अफ नेपालको तेस्रो स्थान हासिल गर्दै उपाधि जितेको छ । विद्यालयले नेपाल भरिबाट छनौट भएका १० विद्यालय मध्ये तेस्रो स्थान हासिल गरेको हो । विभिन्न ६ वटा विधामा भएको प्रतिस्पर्धामा भाग लिएका विद्यार्थीहरुको अंकका आधारमा मदरल्याड तेस्रो भएको बरालले बताए । विद्यालयलाई नगद २५ हजार, शिल्ड र प्रमाणपत्र तथा विद्यार्थीलाई प्रति विद्यार्थी नगद ३ हजार प्राप्त गरेको उनले बताए ।
पोखरामा स्थापना भएको एक नीजि विद्यालय स्थापनाको २२ वर्षमा अन्य विद्यालयलाई पछि पार्दै पश्चिमाञ्चल कै नम्बर एकमा पर्न सफल भएको छ । पोखराको मदरल्याण्ड उच्च मावि संस्थागत विद्यालयतर्फ पश्चिमाञ्चलकै उत्कृष्ट विद्यालय हुँदै बिहीबार नगद १ लाख सहित सम्मानित भएको छ ।
सरकारले शिक्षा दिवसको अवसरमा पुरस्कृत गर्ने विद्यालयको सूचिमा मदरल्याण्ड पश्चिमाञ्चलको पहिलो र देशकै तेश्रो उत्कृष्ट विद्यालयको रुपमा सूचिकृत भएको हो । विद्यालयले शिल्ड, ध्वजा, प्रमाणपत्र र एक लाख नगद प्राप्त गरेको छ । विद्यालय छनौट समितिले बिशेष अध्ययन गरेर मदरल्याण्डलाई उत्कृष्ट विद्यालयको रुपमा सिफारिस गरेको हो । यस विद्यालयले ८६.३६ अकं प्राप्त गरेको छ । शैक्षिक गुणस्तरीयताकै कारण आफ्नो विद्यालय उत्कृट हुन सफल भएको विद्यालयका उच्च मावि संयोजक तथा संस्थापक सदस्य नारायण प्रसाद आचार्यले बताए ।
