धादिङमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

Share:

असोज ११ गते-
उत्तरी धादिङको मार्पाकमा यात्रुबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

आज बिहान सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३ १८ नम्बरको बस लापाङ चौतारा नजिकै दुर्घटनामा परेको हो ।
सडकबाट करीव २०० मिटर तल खसेको धादिङका एसपी शरद खत्रीले जानकारी दिए । मृतकमध्ये पुरूष १० र महिला ४ जना रहेपनि उनीहरुको सनाखत हुन भने बाँकी छ ।

दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।

थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: