पोखराको फेवातालबाट जलकुम्झी झार निकालियो

Share:

पोखरा, ११ असोज-
पोखराको गहना फेवाताल जलकुम्भी झारले कुरुप बनेको छ । आन्तरीक तथा बाह्य पर्यटकको केन्द्र फेवाताल जलकुम्भीले ढाकेपछि सामुदायिक प्रहरी सेवा केन्द्र बैदामले झार फाल्न चासो देखाएको छ । केन्द्रको आयोजनामा आज फेवातालको जलकुम्भी फाल्ने कार्यक्रम सम्पन्न भयो । फेवाताल किनार हल्लनचोक देखि खहरेसम्मको झार हटाइएको सामुदायिक सेवा केन्द्रले जनाएको छ ।

कार्यक्रमको उद्घाटन पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बलका निमित्त बाहिनिपति कृष्णभक्त ब्रहमाचार्यले गरे । उनले फेवाताल सरसफाई गर्न सधै साथ र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । जलकुम्झी झा फाल्न सशस्त्र प्रहरी बलका ७८ जना, नेपाल आर्मीबाट २९ जना, जनपथ प्रहरीबाट २५ जना र होटल प्रतिनिधि समाज, परिर्वतन समाज, सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा सदस्यहरु तथा पर्यटन ब्यवसायीको सहभागीता रहेको थियो ।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका उपाध्यक्ष मिना भटराई, सदस्य दिपेन्द्र पहारी र कार्यक्रम संयोजक दोर्जे तामाङ लगायतले फेवातालको संरक्षणका लागी सवैको सहभागीता रहनु पर्ने बताएको केन्द्रका प्रेस सल्लाहाकार दिपकबहादुर गोदारले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: