उत्तरी चीनमा कोइला खानी विस्फोट, नौ जनाको मृत्यु

Share:

चीन, ११ असोज । उत्तरपश्चिमी चीनको सिजुइसान सहर नजिकै मङ्गलबार भएको विस्फोटमा परी नौ जना मजदुरको मृत्यु भएको चीनको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

खानीमा भएको विस्फोटपछि खानीमा आवतजावत गर्ने बाटो बन्द भएपछि ११ जना कामदार खानीभित्र थुनिएका छन् ।

चिनियाँ अधिकारीले थुनिएका कामदारलाई उद्धार गर्नका लागि प्रयास जारी राखिएको बताएका छन् ।

विस्फोटको कारण अझै खुल्न नसकेपछि यसबारे छानबिन सुरु गरिएको छ ।

सिजुइसान सहरको प्रशासनले खानीमा ग्यास विस्फोट भएको पुष्टि गरेको भए पनि यसबारे विस्तृत थाहा नभइसकेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: