
पोखरा, १६ असोज-
आर एभेण्ट्स ट्रेनर नेपालले आयोजना गरेको पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबल तेस्रो दिन आइतबार पनि जारी रहेको छ।
आयोजक संस्थाका अध्यक्ष रवीन गुरुङका अनुसार, आइतबार मात्र २१ हजार दर्शकले मेलामा सहभागिता जनाएका छन्।
मेलामा मःम खाने, सङगितमा रमाउँने र दशैका लागि आवश्यक लत्ता कपडा खरिद गर्नेको घुईचो लाग्ने गरेको छ।
बालबालिकाका लागि बाल उद्यान आकर्षण बनेको छ। दिउँसो लोक सङगित र साँझ अल्टा म्युजिक फेष्टिबलमा दर्शक रमाईरहेका छन्।
शुक्रबारदेखि शुरु भएको मेला मङगलबारसम्म चल्ने छ। मेला एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।
मेलामा झण्डै २० वटा विभिन्न खेलका स्टल र पिङहरु तथा मःम सहित दशैका लागि आवश्यक खाद्य र लत्ताकपडाका स्ट्रलहरु छन्।
आइतबार कलाकारहरु प्रजापति पराजुली र चोलेन्द्र पौडेलेको प्रस्तुती रहेको थियो भने सोमबार शंकर बिरही गुरुङ र कुमार पुनको प्रस्तुती रहने छ।
