बिग तिज बिग धमाकाका विजेतालाई पुरस्कार वितरण, एक जनाले जिते आधा तोलाको सुनको औँठी

Share:

रेम बिक
पोखरा, १८ असोज । बिग एफएमले तिजको अवसरमा आयोजना गरेको रेडियो गेम शो ‘बिग तिज बिग धमाका’का विजेताहरुलाई मंगलबार पुरस्कार वितरण गरेको छ । तीन दिनसम्म खेलाईएको रेडियो गेम शो अन्तरगत बम्पर पुरस्कार स्वरुप विजयपुरका सन्दिप राईले सुनको औँठी प्राप्त गरे ।

त्यस्तै आठजनाले नगद २ हजार रुपैयाँ प्राप्त गरे । २ हजार रुपैयाँ प्राप्त गर्नेहरुमा न्यूरोडका समिक्षा पौडेल, रामकृष्णटोलका बुद्धिमान लम्साल, पर्वतका प्रकाश के सी ,बिजयपुरकी शुस्मा राई, काँहुका गोबिन्द लामिछाने, लामाचौरकी रिया पुन, नयाँबजारका यामप्रसाद पंगेनी र स्याङ्जाका सुबास रहेका छन् ।

पुरस्कार वितरण गरेसँगै बिग एफएमका अध्यक्ष महेश भण्डारीले रेडियो गेम शो मा सहभागी भएर विजेता बन्नेहरु सबैलाई बधाई दिए । साथै उनले आगामी दिनमा पनि एफएमले गर्ने विभिन्न खाले रेडियो गेम शो हरुमा सहभागिताको लागि अपिल गरे । उनले स्रोताहरुको रुचीअनुसारको ईभेन्टहरुलाई आगामी दिनमा बिग एफएमले निरन्तरता दिने समेत बताए ।

‘बिग तिज बिग धमाका’ कार्यक्रमलाई युनिलिभर कम्पनीको फेयर एण्ड लभ्लीले मुख्य प्रायोजन गरेको थियो । पुरस्कार वितरण कार्यक्रममा युनिलिभर नेपालका सेल्स एक्जुकेटिभ राजेश गुँरागाईले बिग एफएमसँगको सहकार्यले कम्पनीलाई समेत फाईदा भएको बताए । उनले बिग एफएमको स्रोताहरुमाझ युनिलिभर कम्पनीको उत्पादनको प्रचार गर्नु कम्पनीको लागि फाईदाजनक रहेको बताउँदै आगामी दिनमा पनि यस्तो खाले सहकार्यलाई निरन्तरता दिने बताए । युनिलिभर कम्पनीको उत्पादन फेयर एण्ड लभ्लीले ‘बिग तिज बिग धमाका’मा सहकार्य गरेको यो चौथो पटक हो ।

सोहि अवसरमा युनिलिभर नेपालका टेरोटेरियल सेल्स ईन्चार्ज सगुन कुमार उप्रेती, बिगथ एफएमका मार्केटिङ म्यानेजर कमल बराल, बिग एफएमका न्यूज चिफ माधव पनेरु लगाएतले विजेताहरुलाई शुभकामना दिएका थिए ।

बिग एफएमले चाँडै नै बिग आइकनको पछिल्लो सिजन समेत शुरु गर्दैछ । बिग एफएमको ग्राण्ड ईभेन्ट बिग आइकनको प्रचारप्रसारलाई समेत यतिबेला एफएमले तिव्रता दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: