महा आजिजा आज सकीदै । शुक्रबार अस्मीता र दिपाले ३, १ हजार जिते

Share:

पोखरा, १६ असोज ।

विजयादशमीको अवसरमा बिग एफ.एमले हरेक वर्ष आयोजना गर्दै आइरहेको रेडियो गेम सो ‘महा आजिजा’(आउनुहोस्, जित्नुहोस्, जानुहोस्) को पछिल्लो सिजन अन्तरगत शुक्रबार अस्मीता बि.कले ३ हजार र लम्जुङ्गकी दिपा गुरुङ्गले १ हजार रुपैया जित्न सफल बनेका छन् । यस अगाडि बिहीबारको रेडियो गेम सो मा तृष्णा बराल र अमृत गौतमले २÷२ हजार जितेका थिए ।

घटस्थापनादेखि सुरु भएको यस पटकको शनिबार आजसम्म चल्ने एफएमले जनाएको छ । हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म चल्ने रेडियो गेम शोमा सहभागी भएर स्रोताहरुले २० हजार रुपैयाँसम्म जित्न सक्ने एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए ।

रेडियो गेम शो मा सहभागिता जनाउनका लागि स्रोताहरुले एसएमएसबाट नाम दर्ता गराउनुपर्नेछ । सहभागिताका लागि नाम दर्ता गराएका स्रोताहरु मध्येबाट लक्की ड्र गरेर छानिएका स्रोताहरुलाई एफएम आफैँले फोन गरेर कार्यक्रममा सहभागी बनाउनेछ । सहभागिताको लागि स्रोताहरुले द्यक्ष्न् स्पेस दिएर ँः लेखि ४३२१ मा एसएमएस गर्नुपर्ने एफएमले जनाएको छ ।

पोखरा ट्रेडमलको मुख्य प्रायोजनमा भएको रेडियो गेम शो ‘महा–आजिजा’मा एपेक्स डिजिटलले पनि व्यवसायिक सहकार्य गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: