बिग न्युज पोखरा, २८ असार / सामसुङ ग्यालेक्सीग्राण्ड निओ बिग आईकन २०१४ मा उत्कृष्ट २५ को छनौट भोलि हुँदै छ । चौथो चरणबाट छानिएका ३० जना गायन प्रतिभाहरुमध्ये २५ जनाको छनौट भोलि हुने एफएमले जानकारी दिएको छ । चारवटा चरण पार गर्दै कुल ८ सय ९० जना मध्येबाट ३० जना छानिईसकेका छुन् । उत्कृष्ट ३० चयनसंगै विग आईकनमा अब प्रतिस्पर्धीहरुले संगीतसंगै गाउनुपर्नेछ ।
‘हामीलाई अब अझै बढि चुनौती थपिएको छ ।’ निर्णायक मध्येका एक सुनील थापाले भने–‘अब प्रतिस्पर्धा निधै कडा हुने हामीले पाएका छौँ ।’ उत्कृष्ट ३० मा छनौट भएका सबै प्रतिस्पर्धीहरु प्रतिभाको हिसाबले अगाडि रहेको निर्णायकहरुले बताएका छन् । ‘सुर र तालसंगै गाउने भएपछि अब हाम्रो निर्णण पनि कडा हुँदै जानेछ ।’ अर्का निर्णायक श्यामसुङ तामाङले जानकारी दिए ।
संगीत राउण्डको अडिसन शुरु भएसंगै एफएमले प्रतिस्पर्धीहरुका लागि अभ्यासको व्यवस्था समेत मिलाएको छ । अडिसनको अघिल्लो दिन प्रतिस्पर्धीहरुले बाद्यबादकहरुका साथमा आफुले गाउने गीतको अभ्यास गर्ने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए ।
नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो करिब दुई महिनासम्म चल्नेछ । बिजेता बन्नको लागि प्रतियोगिले १९ चरणको अडिसन पार गर्नुपर्नेछ । यसपटक विग आईकन बन्ने प्रतियोगीले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।
बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले विग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा द व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।
बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।
