
रेम बिक
पोखरा, १ मंसिर । सातौँ सँस्करणको बिग आइकनको स्पोन्सरको रुपमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल)ले बिग एफएमसँग सहकार्य गरेको छ । दुई सँस्थाबीच बुधबार सम्झौता भएको हो ।
बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र यूआरएलका निर्देशक दिनेशबाबु खड्काबीच सम्झौता भएको हो । स्वास्थ्य क्षेत्रसँग सम्बन्धि संस्था यूआरएलले बिग आइकनसँग व्यवसायिक सहकार्य गरेको यो पहिलोपटक हो ।
‘हामीले बिग आइकनको उँचाईलाई बुझेका छौँ । र, यो सहकार्य हाम्रो लागि पनि फलदायी हुने हाम्रो अपेक्षा छ ।’ यूआरएलका निर्देशक खड्काले भने–‘आगामी दिनमा पनि यो इभेन्टसँग हामी निरन्तर जोडिन चाहन्छौँ ।’ स्वास्थ्यसँग सम्बन्धित संस्था भएपनि पश्चिमाञ्चलकै शान बनेको बिग आइकनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा निकै खुशी लागेको उनले बताए ।
त्यस्तै सम्झौतापछि बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले यूआरएलसँगको सहकार्यले बिग आइकनको उँचाई अझै बढ्ने प्रस्ट्याए । ‘संगीतको प्रभाव सबैतिर उत्तिकै हुन्छ । र, त्यहि प्रभाव यूआरएलसँगको सहकार्यले देखाउँछ ।’ बरालले भने–‘यो कुराले बिग आइकनको उँचाईलाई थप बढाएको छ ।’
बिग आइकनमा हालसम्म मुख्य प्रायोजकको रुपमा सामसुङ मोबाइल, इन एशोसियसन विद टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाइ टाइटलमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाइ टाइटलमा पोखरा ट्रेड मल, हस्पिटालिटि पार्टनरमा होटल बाराहि, को स्पोन्सरमा पिपलडाली मसला, टेलिभिजन पार्टनरमा एभिन्यूज, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिकले सहकार्य गरिसकेका छन् ।
बिग आइकनका लागि यतिबेला आयोजक संस्था बिग एफएमले निशुल्क रुपमा फाराम वितरण गरिरहेको छ । केहि समयमा नै एफएमले अडिसनको मिति सार्वजनिक गर्ने जानकारी दिएको छ ।
