केशवको अभिनयमा बिष्णु माझीको स्वर ‘चोखो माया सागर सरि छ’ (भिडियो सहित)

Share:

मंसिर ४ गते-
नयाँ प्रतिभाहरुलाई समेत अवसर दिँदै आएका जनता डिजिटलका सञ्चालक तथा सर्जक केशव सापकोटा अब अभिनयमा पनि देखिन थालेका छन् ।
उनले अभिनय गरेको गीत सार्वजनिक भएको छ । शव्द र लय सिर्जनामा सबैको मन जित्न सफल सापकोटाले अभिनय आफ्नो लागी दर्शक सामु परिक्षा भएको बताउँदै पास फेल के हुने समयले बताउने जानकारी दिए ।
जनता डिजिटलले पछिल्लो समय बजारमा ल्याएको चोखो माया सागर सरि छ मा सापकोटाको उत्कृष्ट लय सँग सँग अभिनय समेत देख्न सकिन्छ । सो गीतमा बहुचर्चित गायीका विष्णु माझी र किशोर खत्रीले आवाज दिएका छन । गीतको शव्द सिर्जना मेघराज सापकोटाले गरेका हुन् ।
शोभा रसाइलीको प्रस्तुती रहेको सो गीतमा निर्देशन समेत केशव सापकोटाको रहेको छ ।
गीतको म्युजिक भिडियो:

कमेन्ट गर्नुहोस्
Share: