पोखराको रामघाट क्षेत्र डुबानमा, ५ को सकुशल उद्धार

Share:

लालप्रसाद शर्मा
पोखरा, श्रावण २ / अबिरल वर्षासंगै सेती नदीमा आएको बाढीकाकारण पोखराको मध्यभागमा रहेको रामघाट क्षेत्र डुबानमा परेको छ ।

त्यहाँस्थित सुकुम्बासी बस्तीका १९ घर डुबानमा परेका छ । बाढीमा फसेका ५ जनाको ४ घन्टापछि सकुशल उद्धार गरिएको छ । स्थानीयका अनुसार राति १ बजेतरि नदीमा बाढी आएको थियो । बाढीपछि उक्त क्षेत्र विशाल जलाशयमा परीणत भएर बस्ती डुबानमा पारेको थियो । बाढीले रामघाट क्षेत्रका तीन स्थानमा रहेका अन्त्येष्टि गर्ने स्थानसमेत डुबानमा परेका छन ।

उक्त स्थानमा बर्षेनी डुबान हुदै आएको छ । तर यसपटक बिगतमा भन्दा केही मिटर माथिसम्म पानी आएको प्रहरी नायव उपरीक्षक केदार रजौरेले बताए । अन्यत्र भुमिगत रहेको नदी रामघाटमा भने फराकिलो भएर देखिएको र त्यहाँबाट निकास हुने मुख सानो भएकाले बर्षेनी थुनिने गर्छ ।

कमेन्ट गर्नुहोस्
Share: