बिग आइकनको को–स्पोन्सरमा ‘मिलिजुली डेकोरेशन सिस्टम’

Share:

रेम बिक
पोखरा, १२ मंसिर । सातौँ बिग आइकनको को–स्पोन्सरको रुपमा मिलिजुली डेकोरेशन सिस्टमले बिग एफएमसँग सहकार्य गरेको छ । दुई सँस्थाबीच आइतबार सहमती भएको हो ।

बिग एफएमका मार्केटिङ अफिसर अर्पण तिवारी र मिलिजुली डेकोरेशन सिस्टमका संचालक हर्क घिमिरेबीच बिग आइकनका लागि सहमती भएको हो । बिग आइकनसँग मिलिजुली डेकोरेशन सिस्टमले व्यावसायिक सहकार्य गरेको यो दोस्रोपटक हो ।

सहमतीपछि डेकोरेशनका संचालक घिमिरेले बिग आइकनको लोकप्रियताले आफ्नो बजार प्रबद्र्धनमा पुगेको सहयोगकै कारणले दोहो¥याएर इभेन्टसँग सहकार्य गरेको बताए । ‘बिग आइकनको प्रभावकारिता हामीले महशुस गरेका छौँ । र, हाम्रै ठाउँबाट अन्तराष्ट्रियस्तरमा लोकप्रिय यस्तो खाले इभेन्ट हुँदा हामी सहभागी नहुने कुरै भएन ।’ घिमिरेले भने–‘यो खाले व्यावसायिक सहकार्य आगामी दिनमा पनि निरन्तर हुनेछ ।’

त्यस्तै बिग एफएमका मार्केटिङ अफिसर अर्पण तिवारीले सहकार्य पछि भने–‘स्थानियस्तर र राष्ट्रियस्तरबाट विभिन्न व्यवसायिक संस्थाहरुले हामीलाई सहयोग गरेकै कारणले बिग आइकन सफल भैरहेको छ ।’

बिग आइकनको सातौँ सँस्करण अन्तरगत हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, इन एशोसियसन विदमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाइमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाइमा पोखरा ट्रेड मल, मेन–स्पोन्सरमा मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी, प्रथम पुरस्कार प्रायोजकको रुपमा ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालि, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स प्रालि, ब्रोडकास्टीङ पार्टनरमा एभिन्यूज, हस्पिटालिटि पार्टनरमा होटल बाराहि, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिक र अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: