रेम बिक पोखरा, ३ साउन । उत्कृष्ट २० मध्ये शनिबारको अडिसनपछि पाँच जना एलिमिनेट भएपछि सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनको पाँचौ सँस्करणमा अब उत्कृष्ट १५ जना प्रतिस्पर्धीहरु बचेका छन् । उत्कृष्ट १५ प्रतिस्पर्धीहरुले अबको चरणमा उत्कृष्ट १२ को लागि प्रतिस्पर्धा गर्नेछन् । अर्को चरणको अडिसन साउन ५ गते विहान एघार बजेबाट स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा हुनेछ ।
विग आईकनको उपाधी आफ्नो पोल्टामा पार्ने सपना भएपनि शनिबारको अडिसनमा आफुलाई कमजोर रुपमा प्रस्तुत गरेपछि सुबिन सेन्चुरी, मेघराज वर्देवा, प्रिया गुरुङ, प्रकृति राई र विक्रम थापा प्रतियोगिताबाट बाहिरिए । ‘प्रतियोगिता निकै कडा बन्दै गएको छ ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘प्रतिस्पर्धीहरुले पनि निकै कडा अभ्यास गर्नुपर्ने देखिन्छ ।’
यता निर्णायकहरुले पनि यो कुरालाई पुष्टी गरेका छन् । निर्णायकहरुले भनेका छन्–‘सबै प्रतिस्पर्धीहरु उपाधीका लागि योग्य जस्तै छन् । त्यसैले हामीलाई निर्णय गर्न पनि निकै गाह«ो भैराखेको छ । यद्यपी प्रतियोगिताको लागि चाहिने सम्पूर्ण तयारी भने प्रतिस्पर्धीहरु आफै गर्नुपर्ने हुन्छ ।’ संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा प्रतियोगिताका निर्णायक हुन् । संगीत राउण्डको शुरुवातसंगै विग आईकनको आयोजक संस्था विग एफएमले प्रतिस्पर्धीहरुलाई अडिसनको अघिल्लो दिन नै अभ्यास गर्ने व्यवस्था मिलाएको छ ।
पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको खुल्ला एकल गायन प्रतियोगिता बिग आईकनको पाचौ संस्करणमा ५० जिल्लाका ८ सय ९० जनाले सहभागिता जनाएका थिए । यस पटकको विग आईकनको विजेताले १९ चरणको अडिसन पार गर्नुपर्नेछ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो विग आईकनको उपाधि जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।
बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले विग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा द व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।
बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।
