
रेम बिक
पोखरा, १५ मंसिर ।
पछिल्लो सँस्करणको बिग आइकनका लागि आयोजक बिग एफएमले यतिबेला विभिन्न व्यवसायिक संस्थाहरुसँग सहकार्य गरिरहेको छ । सोहि क्रममा सातौँ सँस्करणको बिग आइकनको आइटी पार्टनरको रुपमा एफएमले ‘कम्यूनिकेट टेक्नोलोजिस प्रालि’सँग सहकार्य गरेको छ ।
बिग एफएमका अध्यक्ष महेश भण्डारी र कम्यूनिकेट टेक्नोलोजिस प्रालिका अध्यक्ष जयराम नेपालबीच यो सम्झौता भएको हो । कम्यूनिकेटले यस अगाडि भएको बिग आइकनको सँस्करणमा समेत एफएमसँग सहकार्य गरेको थियो ।
सम्झौतापछि कम्यूनिकेट टेक्नोलोजिसका अध्यक्ष जयराम नेपालले बिग आइकनको लोकप्रियताले नै आफुहरुलाई दोहो¥याएर व्यवसायिक सहकार्य गर्न हौस्याएको बताए । ‘बिग आइकनको लोकप्रियता देखेर हामी यो इभेन्टसँग नजोडिएर बस्नै सकेनौँ ।’ नेपालले भने–‘यो इभेन्ट सँधै यस्तै उँचाईमा रहोस् भन्ने हेतुले पनि हामीले यसमा सहयोगी हात बढाएका हौँ ।’
त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले व्यवसायिक संस्थाहरुको निरन्तर साथ र सहयोगले नै बिग आइकनलाई आफुहरुले सँधै लोकप्रिय राख्न सकेको प्रतिक्रिया दिए । ‘यस्तै सहयोगी मनहरुकै कारणले बिग आइकनले यो खाले सफलता प्राप्त गरेको हो ।’ उनले भने–‘ कम्युनिकेटसँगको यो सहकार्यले चर्चित बिग आइकनलाई सूचना प्रविधीमार्फत देशदेशावरमा अझ प्रभावकारी बनाउन सकिनेमा ढुक्क छौँ ।’
बिग आइकनको सातौं संस्करण सम्पन्नार्थ अहिलेसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, ईन एशोसियसन विथमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार प्रायोजकको रुपमा ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालि, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी, हस्पिटालिटि पार्टनरमा होटल बाराशी, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरिसकेका छन् ।
