बिग आइकनमा अनलाइनखबर डटकम ‘मिडिया पार्टनर’

Share:

रेम बिक
पोखरा, २२ मंसिर-
बिग आइकनको सातौँ सँस्करणका लागि नेपालकै चर्चित ‘न्यूज पोर्टल’ अनलाइनखबर डटकमले मिडिया पार्टनरको रुपमा सहकार्य गरेको छ । बिग आइकनमा अनलाइनखबरले व्यवसायिक रुपमा सहकार्य गरेको यो पहिलोपटक हो ।

बिग आइकन आयोजक संस्था बिग एफएमका अध्यक्ष महेश भण्डारी र अनलाइनखबर डटकमका प्रमुख संचालन अधिकृत सुरेश भुषालबीच यो सहमति भएको हो ।

सहमतीपछि अनलाइनखबर डटकमका प्रमुख संचालन अधिकृत सुरेश भुषालले नेपालकै अग्रणी न्यूज पोर्टल र पश्चिमाञ्चलकै नम्बर वान एफएमबीच भएको यो सम्झौता दुवै संस्थाको लागि लाभदायक भएको बताए । ‘बिग आइकनजस्तो चर्चित इभेन्टलाई हामीले स्थान दिनुपर्छ भन्ने ठानेर नै यो सहकार्य भएको हो ।’ भुषालले भने–‘त्यो सँगै स्थानियस्तरमा हामी आफैलाई पनि यो इभेन्टले ठुलो सहयोग गर्ने हामीले देखेका छौँ ।’ यो सहकार्य निरन्तर रुपमा अगाडि बढ्ने समेत उनले बताए ।

त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले अनलाइनखबर डटकमको उपस्थितीले यो पटक बिग आइकनको प्रभाव अझै बिस्तार हुने अपेक्षा गरे । ‘यसअगाडिको सँस्करणमा पनि अनलाइनखबरले बिग आइकनको प्रचारमा साथ दिएकै हो ।’ उनले भने ‘यद्यपी यो पटक त अझै नेपालको निकै चर्चित न्यूज पोर्टलले हामीसँग व्यवसायिक सहकार्य गर्दा यसको प्रभाव बिग आइकनमा देखिने निश्चित छ ।’ यो सहकार्यले दुई मिडियाबीचको सौहार्दता पनि प्रदर्शन गरेको उनले बताए ।

बिग आइकनको सातौं संस्करणका लागि हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, ईन एशोसियसन विथमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार प्रायोजकको रुपमा ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालि, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि, आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी, हस्पिटालिटि पार्टनरमा होटल बाराही, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: