
नवराज ढुङ्गाना,
पोखरा, २५ मंसिर-
कास्कीको ल्वाङ्गघलेलस्थित खोरामुखमा तारेबराह बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको छ । सहकारीले आइतबारदेखि औपचारिकरुपमा आफ्नो कारोबार सुरु गर्दैछ ।
५३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सहकारीमा प्रारम्भिक अवस्थामा ५३ जना शेयर सदस्य रहेका छन् । सहकारीमा सबै शेयर सदस्यहरुले एक÷एक लाख रुपैयाँ शेयर लगानी गरेका हुन् । सहकारीले ग्रामिण क्षेत्रका स्थानीयलाई बचत गर्न प्रोत्साहित गर्ने तथा ऋण लगानीमा सहजता तुल्याउने लक्ष्य लिएको छ ।
सहकारीको शनिबार पहिलो साधारणसभा समेत भएको छ । साधारणसभाले दुर्गा प्रसाद दाहालको अध्यक्षतामा सञ्चालक समिति समेत गठन गरेको छ । उपाध्यक्षमा हिमान गुरुङ्ग, सचिवमा दुर्गा बहादुर क्षेत्री, सह–सचिवमा झुम कुमारी क्षेत्री, कोषाध्यक्षमा बोनी गुरुङ्ग रहेका छन् । यसैगरी, सदस्यहरुमा कृष्ण प्रसाद दाहाल, रक्षा बहादुर क्षेत्री, ऋषि गौतम र लक्ष्मण दाहाल रहेका छन् ।
यस्तै, लेखा उप–समिति संयोजकमा जीत बहादुर क्षेत्री, सदस्यमा कृष्ण प्रसाद चापागाईं र बाबुराम सुवेदी रहेका छन् । यस्तै, ऋण उप–समितिमा संयोजकमा हितमान गुरुङ्ग, भरतराज अधिकारी र केदारनाथ दवाडी रहेका छन् । यस्तै, शिक्षा उप–समिति संयोजकमा रक्षा बहादुर क्षेत्री, सदस्यमा दुर्गा बहादुर गुरुङ्ग र कुल प्रसाद अधिकारी रहेका छन् । सहकारीको सल्लाहकार समितिमा कृष्ण प्रसाद दवाडी, चक्रपाणी गौतम, महेश्वर दवाडी, टेक बहादुर श्रेष्ठ, गौरी प्रसाद दाहाल र सन्तोष गुरुङ्ग चयन भएका छन् ।
