
पोखरा, १ पुस-
राप्रपा नेपाल र राप्रपा एकीकरण भएपछि जयलाल पुनको अध्यक्षतामा राप्रपा कास्की जिल्ला शाखाको नयाँ कार्यसमिति गठन गरिएको छ ।
कार्यमितिको अध्यक्षमा जेवी कुँवर, सहअध्यक्षमा नारायण गुरुङ, उपाध्यक्षद्वयमा अर्जुनबहादुर बस्नेत र नरहरि तिमिल्सिना रहेका छन् भने पार्टी प्रवक्तामा सूर्य बाँस्तोला, सचिवमा गणेशबहादुर ढकाल, सहसचिवमा असिलकुमार शाही र महेश्वर आचार्य, कोषाध्यक्षमा रञ्जन सेन पौडेल, सहकोषाध्यक्षमा युद्धबहादुर कोइराला रहेका छन् ।
यसअघि दुवै पार्टीका कार्य समिति सदस्यलाई नयाँ कार्यसमितिमा यथावत राखिएको प्रवक्ता सूर्य बाँस्तोलाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
