
शर्मिला शर्मा
पोखरा, पुष १, । उच्चमाध्यामिक बिद्यालय संघ, नेपाल , हिसान कास्कीले हरेक बर्ष जस्तै यो बर्ष पनि दशौ स्पोर्टस मिट गर्ने भएको छ ।
पोखरामा पत्रकार सम्मेलन गरि दिईएको जानकारी अनुसार यहि पुष ८ गते बाट ११ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा कास्की जिल्ला भित्र रहेका सम्पुर्ण निजि उच्च माविहवाट गरि करिव ४७ वटा बिद्यालयको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक रमाकान्त बरालले जानकारी दिए ।
प्रतियोगितामा बास्केटबल, भलिबल, टेवुलटेनिस, खेलहरु सञ्चालन हुनेछ । प्रत्येक खेलहरुमा छात्र र छात्रा अलग अलग गरि एकल तथा जोडीमा खेल खेलाईने बताईएको छ ।
प्रतियोगिता सम्पन्न गर्नको लागि रमाकान्त बरालको संयोजकत्वमा मुल समीती,शेर बहादुर गुरुङ्गको संयोजकत्वमा अनुसासन तथा प्राथमिक उपचार, यम रोकाको संयोजकत्वमा टेवल टेनिस, राजु कायस्थको संयोजकत्वमा बास्केटबल, दिवाकर जैसिको संयोजकत्वमा भलिवल, त्रिभुवन शर्माको संयोजकत्वमा मञ्च ब्यबस्थापन ढाकाराम कडेलको संयोजकत्वमा पुरस्कार तथा मेडल, नारायण शर्माको संयोजकत्वमा भोजन तथा जलपान उपसमिति बनाईएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पोखरामा सोही समयमा अन्य प्रतियोगिता पर्ने भएकाले टेवलटेनिस खेल चाही पुष ५ र ६ गते नै गरिने आयोजकले जानकारी दिएको छ ।
