बद्री पंगेनीले रुवाउनेछन् आज पोखरामा, करिश्मा मानन्धर उत्रिनेछिन् फेशन शो मा

Share:

पोखरा, ३ पुस-
पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार अहिलेसम्मकै चाप देखियो । मेलामा शनिबार वृद्धदेखि बालकसम्मको उल्लेख्य उपस्थिति रह्यो । शनिबार मात्र करिब २५ हजार जनाले मेलाको अवलोकन गरेको मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले बताए ।

शनिबारसम्म १ लाख २५ हजार जनाजतिले मेलाको अवलोकन गरेका छन् भने मेलास्थलबाट १० करोड जतिको कारोवार भएको छ । ‘ मेलाप्रति पोखरेलीले देखाएको सद्भावले हामी उत्साहित रहेका छौँ’, मेलामा देखिएको उत्साहजनक सहभागितापछि संघका महासचिव अधिकारीले भने,‘ हामीले यो मेला आफ्नो उदेश्यमा सफल रहेको ठानेका छौँ । ’ मेलाको सोमबार समापन हुँदैछ ।

बाँकी दिनमा पनि आम पोखरेलीले मेलामा उत्तिकै सहभागिता जनाउने उहाँको अपेक्षा रहेको छ । यता आइतबार मेलास्थलमा फेसन सोको आयोजना हुने भएको छ । चेरिस्मा इम्पोरियमको प्रायोजन रहेको चेरिस्मा फेसन सोमा चर्चित कलाकार करिष्मा मानन्धरको विशेष उपस्थितिमा प्रियड्ढा महर्जन ,प्रगती श्रेष्ठ, जेनी जेनसेमी,ममता खड्का साथमा पोखरेली कलाकारहरु र्याम्पमा उत्रनेछन् ।
यसैगरी लोकदोहोरीतर्फ बद्री पंगेनी, शंकर बिरही गुरुङ, शिवहरी ढुङ्गाना,अर्जुन थापा,जय कुमार परियार,टेक क्षेत्री,सिता के।सी।,चन्द्रा कार्की,सजना बांस्तोला, नेत्रपाणी वास्तोला, विकास नेपालीको विशेष प्रस्तुति पनि मेलाको आकर्षण रहने आयोजक संस्थाका कोषाध्यक्ष तथा साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले बताए ।

चर्चित पोखरेली गायक विनोद वानिया, सरिता प्रजापति,साथमा अन्य कलाकार रहनेछन् भने हाँस्यकलाकार दिनेश काफ्लेको प्रस्तुति र पिसिसिआई गायन तारा पनि महोत्सवको आकर्षण रहने आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: